ठूलो परिमाणमा गांजासहित बस कर्मचारी पक्राउ

१३ आश्विन २०६९, शनिबार ११:५६ मा प्रकाशित

काठमाडौं, १३ असोज । मकवानपुरको हेटौंडा नगरपालिका–११ स्थित बसपार्कबाट सशस्त्र प्रहरीले १२ बोरा गाँजा बरामद गरेको छ । काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको ना.३ ख ७३७२ नम्बरको बसमा एपीएफ टोलीले जाँच गर्ने क्रममा तीन सय ७५ केजी बराबरको उक्त गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल सुरक्षा वेस हेटौंडाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले त्यसठाउँमा सवारी साधनमा जाँच गर्दा सो यात्रुवाहक बसमा गाँजा फेला परेपछि चालक र सहचालकलाई समेत पक्राउ गर्नुका साथै उक्त बस समेत नियन्त्रणमा लिएको थियो । यसैगरी सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले असोज १२ गते सुनसरी जिल्लाको हरिपुर गाविस ९ चारकुने भन्ने स्थानबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सो जिल्लाको धरान नगरपालिका १५ वस्ने पारस तामाङलाई एसपी ट्याब्लेट ४७ वटा र स्पास्मोप्रोक्सोभन नामको लागूऔषधसहित एपीएफ टोलीले पक्राउ गरेको हो । यसैगरी भारतबाट नेपालतर्फ आउँदै गरेको को.२ प ९०९८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई असोज ११ गते राति मोरङको विराटनगर १९ स्थित पारिजात चोकमा एपीएफ टोलीले जाँच गर्ने क्रममा विभिन्न लागूऔषधसहित पक्राउ गरेको छ । विराटनगर १८ वस्ने ध्रुब शर्मालाई चार बोतल कोरेक्स र १० वटा नाइट्रोभेट ट्याब्लेटसहित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङबाट गस्तीमा खटिएको एपीएफ टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

काठमाडौं । अहिले नेपालमा देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही

आजको प्रमुख समाचार