कांग्रेस सभापतिमाथि कार्यकर्ताबाटै आक्रमणको प्रयास

१३ आश्विन २०६९, शनिबार ०९:५८ मा प्रकाशित

काठमाडौं, १३ असोज । पार्टीको काठमाडौं जिल्ला क्षेत्र नंबर ४ ले आयोजना गरेको कार्यक्रममा भाग लिन कपन पुगेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि आक्रमण भएको छ । कार्यक्रममा सम्बोधन गर्नुअघि सभापतिमाथि अचानक आक्रमणको प्रयास भएको हो ।
कार्यक्रम आयोजकले अतिथीहरुको स्वागतमा खादा लागाइदिने क्रममा एकजना युवक एक्कासी मंचमा चढेर कोइरालामाथि काठको चिर्पट प्रहार गर्न खोज्दा छलिएर कोइरालासंगै रहेका अन्यलाई लाग्न पुगेको थियो । कोइरालालाई लक्षित गरी गरिएको आक्रमणबाट क्षेत्र नं ४ का सचिवद्वय नर्मदा पोखरेल र श्याम संगतलाई लागेको थियो भने कोइराला सुरक्षित छन् । टाउकोमा चोट लागेका पोखरेल र श्यामलाई उपचारका लागि ओम अस्पताल पुर्‍याइएको बताइएको छ ।
कार्यक्रम स्थलमा केहीबेर तनाव भएपनि केहीबेरमै कार्यक्रम संचालन भएको नेवि संघका नेता युपी लामिछानेले बताए । प्रहरीले आक्रमणमा संलग्न युवालाई नियन्त्रणमा लिएर छानविन थालेको छ । आक्रमणमा संलग्न युवाको नाम प्रवेश वस्नेत रहेको र उनी कांग्रेसकै कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आक्रोशित कांग्रेस कार्यकर्ताले उनलाई कुटपिट गर्न थालेपछि नेताहरुले नै छुटाएर प्रहरीको जिम्मा लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका