नेपाली नम्बर प्लेटका सवारी साधन गुड्न भारतमा रोक

१३ आश्विन २०६९, शनिबार ०८:५३ मा प्रकाशित

चन्द्कान्त खनाल, रुपन्देही, १३ असोज । नेपाल भारत सीमा नाका सुनौलीमा भारतीय पक्षले नेपालमा भारतीय नम्बरको सवारी साधन गुड्न नदिएको बिरोधमा भारतीय पक्षले पनि नेपाली नम्बर प्लेटका सवारी साधन गुड्नमा रोक लगाएको छ । नेपाल भारत सीमा नाका सुनौलीमा भारतीय पक्षले शुक्रबारदेखि नै नेपाली नम्बर प्लेटका सवारी साधान गुड्नमा रोक लगाएको हो ।
नेकपा माओवादीका कार्याकर्ताहरुले बिहीबारदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नेपालमा गुड्न नदिएको र चितवनमा केही भारतीय गाडीहरु तोडफोड भएको भन्दै त्यसको बिरोधमा भारतीय भूमिमा पनि नेपाली गाडी गुड्नमा रोक लगाएको ईलाका प्रहरी कार्यालय बेलहीयाका प्रहरी निरीक्षक लिलाराज लामीछानेले बताए ।
एकअर्काको देशमा रहेका सवारी साधनहरुलाई निर्बाध रुपमा दुबै पक्षले फर्किन दिएता पनि प्रबेशमा भने रोक लगाएका छन् । नेपालमा भारतीय गाडी गुड्न जहीलेसम्म रोक लगाईन्छ त्यतीनै बेलासम्म भारतीय भूमिमा पनि नेपाली गाडी गुड्न नदिने भारतीयहरुको भनाई छ । दुई देशका गाडीहरु एकअर्काका देशमा सहज रुपमा गुड्न नपाएपछि सीमाक्षेत्रमा पर्यटकहरु समस्यामा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार