माओवादीलाई आतंककारी सुचीबाट हटाएर बदलामा अमेरिकाले के पायो ?

१३ आश्विन २०६९, शनिबार ०८:४४ मा प्रकाशित

काठमाडौं, १३ असोज । अमरिकाले एनेकपा माओवादीलाई आतंककारी सूचीबाट हटाएको विषयले निकै चर्चा पायो । विशेषगरी सत्ताधारी एमाओवादीले त्यसलाई ठूलो उपलब्धिका रुपमा प्रचार गर्न चाहेको देखियो । प्रचण्ड, बाबुराम भट्टराईलगायत शीर्ष नेतृत्वले अमेरिकाको सदाययताका लागि धन्यवाद पनि दिए । तर, आमतह र तप्काका जनतामा भने एउटा जिज्ञाशा कायम रहेको देखियो, आखिर माओवादीमा तात्विक रुपमा के रुपान्तरण आएको छ र आतंककारी सूचीबाट हटाइयो ? एमाओवादीले आफूलाई अब लोकतान्त्रिक मूल्यमान्यताबाट हिंडाउने प्रयत्न गर्नुपर्छ कि पर्दैन र ?

यसरी सर्वत्र जिज्ञासा उठिरहेको परिवेशबीच अमेरिकाले माओवादी नेतृत्वको सरकारसमक्ष दुईवटा प्रस्ताव राखेको छ । पहिलो, मानवअधिकार, प्रजातन्त्र र शान्ति प्रक्रियाप्रति प्रतिबद्ध रहनुपर्ने । दोस्रो, तिब्बतीय शरणार्थीसम्बन्धमा नेपालबाट सकारात्मक, लचिलो र सहयोगी भूमिका खेल्नुपर्ने । राष्ट्र संघको ६७ औं महासभाको क्रममा राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको कार्यालयमा अमेरिकी अधिकारीहरूले उपप्रधानमन्त्री एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष प्रमुख दुई विषयमा नेपाल सरकारको संवेदनशीलताका लागि अनुरोध गरेका छन् ।

द्वीपक्षीय वार्ताको क्रममा नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री मारिया ओटेरियो र दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री रोवर्ट ब्लेकले आतंककारी सूचीबाट हटेपछि माओवादी नेतृत्वको सरकारबाट अमेरिकाले यी विषयमा सहयोगको आशा गरेको स्रोतले बतायो । उनीहरुले अमेरिका, माओवादी नेतृत्वको सरकारसँग समन्वय गरेर अगाडी बढन तयार रहेको स्पष्ट पारेको पनि बुझिएको छ ।

यस हिसाबमा माओवादीले पैचो फेर्ने पालो आएको छ । अब जिज्ञासा उठ्छ, के मित्रराष्ट अमेरिकाले अनुरोध गरेअनुसार माओवादीले गरेर देखाउन सक्छन् रु स्रोतका अनुसार उपप्रधानमन्त्री श्रेष्ठले अमेरिकी विश्वास टुटने नदिने प्रतिबद्वता ब्यक्त गरेको छन् । भेटमा अमेरिकी पक्षबाट तिब्बती शरणार्थीको बिषयमा बिशेष चासो राखिएको थियो । उनीहरुले तिब्बती शरणार्थीहरुको शान्तिपुर्ण विरोध प्रर्दशनमा नेपाल सरकारको दमनलाई अमेरिकी सरकारले मन नपराएको टिप्पणी गरेको स्रोतको भनाई छ । शरणार्थीहरु पक्राउ गरेर फिर्ता पठाउने नेपाल सरकारको कार्यलाई मानवअधिकार सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री ओटोरियाले मानवअधिकार उल्लङगनको घटना भन्दै मन्त्री श्रेष्ठ समक्ष असन्तुष्टी ब्यक्त गरेकी थिईन् । प्रतिउत्तरमा मन्त्री श्रेष्ठले मौन रहदै टाउको मात्र हल्लाएका थिए ।

हालै गृह प्रशासनले काठमाडौंको बौद्ध क्षेत्रमा तिब्बती शरणार्थीहरुको कार्यालयमा छापा मारेको र पक्राउको प्रसंग समेत अमेरिकी सहायकमन्त्रीद्वयले उठाएका थिए । ब्लेकले त तिब्बतीय शरणार्थीको सम्बन्धमा नेपाल सरकारको लचकता अमेरिकाले मन पराउने अभिब्यक्ति दिएको समेत एक सहभागीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठले मानवीय रुपमा शरणार्थीहरुलाई नेपाल सरकारले सहयोग गरेपनि उनीहरुको राजनितीक गतिविधीप्रति नेपाल सरकार चनाखो रहेकोले शरणार्थीप्रति नरम हुन नसक्ने सन्देश दिएका थिए । ‘चीन नेपालको अभिन्न मित्र राष्ट्र हो, एक चीन नितीप्रति हाम्रो सर्मथन छ’ भन्दै मन्त्री श्रेष्ठले नेपालमा चीनविरुद्ध गतिविधी हुने नदिने अभिब्यक्ति प्रकट गरेका थिए । यसले वर्तमान एमाओवादी नेतृत्वको सरकारप्रति अमेरिकाले  दिंदैआएको समर्थनमाथि पुनः एकपटक गहिरिएर समीक्षा गर्ने सम्भावना बढेर गएको कुटनीतिक जानिफकारहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार