खरायोको टोपी घुस लिएर अयोग्यलाई प्राचार्य

१३ आश्विन २०६९, शनिबार ०८:४० मा प्रकाशित

काठमाडौं, १३ असोज । योग्यताभन्दा राजनीतिक आस्थालाई प्रमुख आधार बनाइने परम्पराको सिकार विकट कर्णाली अञ्चलको मुगु जिल्ला पनि बन्न पुगेको छ । प्राप्त समाचारअनुसार मुगुको एक उच्च माध्यमिक विद्यालयमा प्राचार्य रहेका व्यक्ति माओवादी समर्थक नभएका कारण उनलाई हटाएर योग्यता नपुगेका अर्कै व्यक्तिलाई उमाविको प्राचार्य बनाइएको छ । ज्ञातव्य छ, उमाविको प्राचार्य बन्न कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त व्यक्ति हुनुपर्ने व्यवस्था नियमावलीले गरेको छ । सोही नियमअनुसार मुगु बोहोरा गाउंमा रहेको रत्नचुडेश्वर उमाविमा गत असार १३ गते बसेको व्यवस्थापन समिति बैठकले स्नातकोत्तर उपाधि प्राप्त पूर्णप्रसाद धियाललाई प्राचार्य बनाउने निर्णय गरेको थियो र उक्त निर्णयपश्चात् धियालले प्राचार्यको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । तर, पूर्ण धियाल माओवादीसंग नजिक नभई नेमकिपासंग निकटको व्यक्ति भएको सूचना पाएपछि गत भदौ १ गतेदेखि धियाललाई हटाई स्नातक मात्र गरेका मुनिषचन्द्र न्यौपानेलाई प्राचार्य बनाइएको पत्र जिल्ला शिक्षा कार्यालय मुगुमार्फत उपलब्ध गराइएको छ । नियमावली छल्न न्यौपानेलाई हेडमास्टरको नियुक्ति दिएर उमाविसमेत हेर्ने व्यवस्था मिलाइएको छ ।
यसरी नियमविपरीत प्राचार्य तोकिएपछि पूर्ण धियालले उच्च माध्यमिक परिषद् नेपालगन्ज र जिल्ला शिक्षा कार्यालय मुगुमा उजुरी दिएका थिए । धियालले आफ्नो उजुरीमा प्राचार्य नियुक्त गर्दा उमावि शिक्षा परिषद् विनियम २०५५ को नियम ३।४ र ३।२ उल्लङ्घन भएको जिकिर गरेका थिए । उनले २०६० माघ १३ गते सर्वोच्च अदालतबाट ‘प्राचार्य हुन स्नातकोत्तर गरेको नेपाली नागरिक हुनुपर्ने भनी’ भएको फैसलालाई समेत उजुरीमा उल्लेख गरेका थिए । यसरी उजुरी परेपछि उमावि परिषद्का नेपालगन्जस्थित निर्देशक हरिशङ्कर वाग्ले
भदौ १५ गते विद्यालयको स्थलगत भ्रमणमा गएका थिए । वाग्लेले त्यहां केही नबोले पनि उनले निरीक्षण पुस्तिकमा ‘प्राचार्यले एमए गरेको हुनुपर्ने’ भनी लेखेका थिए । निरीक्षणपछि फर्कने क्रममा मुनिषचन्द्र न्यौपानेले बीस केजी स्याउ र खरायोको छालाबाट बनेको टोपी वाग्लेलाई उपहार ९कि घुस० स्वरूप चढाएका थिए । महंगो उपहार पाएपछि वाग्ले दङ्ग परे र उनी मुनिषलाई नै साथ दिने निर्णयमा पुगेका छन् । हरिशङ्कर वाग्ले एमालेनिकट व्यक्तिका रूपमा चिनिन्छन्, तर पहिले एमाले भए पनि कर्णालीमा नेमकिपाको बचेखुचेको हैसियत समाप्त गरी माओवादीको सेवा गर्नुलाई उनले आफ्नो धर्म बनाएको बताइन्छ । वाग्लेलाई गत साता पनि बीस केजी स्याउ मुनिषले नेपालगन्ज पठाइदिएका छन् । यसरी कर्णालीजस्तो दुर्गम र विकट ठाउंमा समेत योग्यलाई पन्छाएर राजनीतिक आस्थाका आधारमा अयोग्य व्यक्तिलाई प्राचार्य बनाएकोमा स्थानीय बासिन्दाहरू असन्तुष्ट बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार