टेलिकममा टेण्डर स्वीकृत गर्दा आर्थिक चलखेल

१३ आश्विन २०६९, शनिबार ०८:३७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १३ असोज । नेपाल टेलिकम वुटवल शाखाले म्याद नाघी आएको बोलपत्रलाई स्वीकृत गरि गाडी भाडामा लगाएको रहस्य खुलेको छ । टेलिकमले गत असार १७ गते राजधानी दैनिकमा विज्ञापन प्रकाशित गरि भाडामा सवारी साधन उपलव्ध गराउन सिलवन्दी बोलपत्र आह्वान गरेको थियो ।
टेलिकमले प्रकाशित गरेको बोलपत्र अनुसार आफ्नो मान्छेलाई टेण्डर नपरेपछि पुनः बोलपत्र आह्वान गरेर म्याद नाघी आएको बोलपत्रलाई सदर गरि गाडी भाडामा लिएको स्रोतले जनाएको छ ।टेलिकमले दोस्रोपटक गत साउन २४ गते पुनः बोलपत्र आह्वान गरी भदौ ६ गते टेण्डर दर्ता गर्ने अन्तिम मिति तोकेकोमा अर्को दिन ७ गते बैंक ग्यारेण्टीको भौचर दर्ता गरेको नवलपरासी कावासोतीका भोजराज बगाले ‘वलिम स्टोर्स’को टेण्डर स्वीकृत गरेको वताइएको छ ।
आफ्नो मान्छेलाई टेण्डर स्वीकृत गराउन टेलिकम वुटवल शाखाका कार्यालय प्रमुख, लेखा अधिकृत, नायव सुव्वा र वरिष्ठ सहायकको चलखेल रहेको स्रोतले वताएको छ । टेलिकमले टेलिफोन लाईन मर्मत सम्भार तथा मोवाइल विटिएस जडान मर्मत सम्भार प्रयोजनका लागि २ जनासम्म वस्न मिल्ने तथा मर्मत सम्भार उपकरण आदि राख्न मिल्ने गाडी भाडाका लागि बोलपत्र आह्वान गरेको थियो ।
यस सम्वन्धमा टेलिकम वुटवल शाखाका प्रमुख विष्णुप्रसाद पौडेलसंग सम्पर्क गर्दा उहाँले पहिलोपटकको टेण्डर आह्वान गर्दा एकवटा टेण्डर परेकोले पुनः टेण्डर गरेको वताउँदै दोस्रोपटक आह्वान गर्दा नियमसंगत भएको दावी गर्नुभयो ।
पौडेलले टेण्डरका विषयमा निर्णय गर्न तीन सदस्यीय कमिटी वनाएको र त्यसको सिफारिसमा क्षेत्रीय कार्यालय भैरहवाले छानवीन गरि भोजराज वगाले ९वलिम स्टोर्स० लाई प्रकृयासम्मत ढंगले टेण्डर परेको वताउनु भयो । पछिल्लोपटक सात जनाले बोलपत्र हालेकोमा अन्तिम मितिको भोलीपल्ट कसैको बोलपत्र दर्ता नभएको पौडेलको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता