आइतबार सितल निवासमा बैठक, सरकारलाई अन्तिम मौका दिने मूडमा राष्ट्रपति

१३ आश्विन २०६९, शनिबार ०८:२७ मा प्रकाशित

काठमाडौं, १३ असोज । शान्ति प्रक्रिया पूरा गरेको भन्दै राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराईलाई धन्यवाद दिएका छन् । शीतलनिवासमा शुक्रबार भएको नियमित भेटमा राष्ट्रपति यादवले शान्ति प्रक्रियामा जस्तै राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि सहमतिमा पुग्न प्रधानमन्त्री भट्टराईलाई आग्रह गरेका थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार नियमित ब्रिफिङका लागि शीतलनिवास पुगेका प्रधानमन्त्रीले समग्र राजनीतिक स्थितिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । राष्ट्रपति यादवले राजनीतिक गतिरोध अत्यका लागि थप दबाब सिर्जना गर्न आइतबार दलका शीर्ष नेतालाई छलफलका लागि शीतलनिवास डाकेको पनि उनले जानकारी दिए । आइतबारको बैठकका लागि एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका अतिरिक्त मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र शरतसिंह भण्डारी नेतृत्वका मधेसी समाजवादी राष्ट्रिय पार्टीका र विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूलाईसमेत डाकिएको छ ।
राजनीतिक गतिरोध अन्त्यका लागि सहमति जुटाउन आफूले पटकपटक गरेको आग्रहले सकारात्मक नतिजा दिन नसकेकामा राष्ट्रपति असन्तुष्ट रहेको बताइन्छ । अब राष्ट्रपति यादवले दलहरुसंगको परामर्शपछि गतिरोध अन्त्यको प्याकेजमा सहमति जुटाउन समय तोकेरै अन्तिम मौका दिने सम्भावना रहेको शितल निवास सुत्रको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार