सुरक्षा सर्तकता बढाउन उद्योगी–ब्यावसायीहरुको आग्रह

१३ आश्विन २०६९, शनिबार ०८:२५ मा प्रकाशित

रुपन्देही,  १३  असोज । नजिकिंदै गरेको चाडपर्वका समयमा सुरक्षा सर्तकता बढाउन उद्योगी–ब्यावसायीहरुले सुरक्षा अधिकारीहरुसंग आग्रह गरेका छन् ।
सिदार्थनगर उद्योग बाणीज्य संघ सिदार्थनगरले रुपन्देहीमा सरुवा भई आएका जनपद, शसस्त्र र अनुसन्धानका प्रमुखहरुसंग चाडपर्व नजिकिंदै गरेक अवस्थामा आयोजना गरेको सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी–ब्यावसायीहरुले सुरक्षा अधिकारीहरुको ध्यानाकर्षण गराएका हुन् ।
खुल्ला सिमानाका कारण हरेक क्षेत्र जोखिममा रहेकाले चाडबाडसंगै अन्य समयमा पनि सुरक्षा सर्तकता बढाउन उनीहरुले आग्रह गरे । जिल्लामा चन्दा आतङ्क सुरु हुन लागेको भन्दै उद्योगीहरुले सुरक्षा अधिकारीकारीहरुको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा जिल्ल प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हरिबहादुर पाल, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय रुपन्देहीका प्रमुख भिमबहादुर थापा, अनुसन्धान प्रमुख रामबहादुर कार्कीले उद्योगी–यावसायीहरुले राखेका कुराहरु जायज रहेको बताउदै ति समस्याहरु समाधानका लागी सुरक्षा निकाय गम्भीर रहेको बताए ।
चाडपर्व आए ता पनि ब्यापारीहरुको ब्यवसायमा आउन नसकेको बताउदै सिमानाकाबाट हुने तस्करी, सक्षिप्त प्रज्ञापन पत्रमा कडाई गर्न आग्रह गरेका छन् । तीजमा कपडा ब्यावसायीहरुमा खासै उत्साह आएन, अहिले दशै–तिहारको बेला छ तर बजार सिमापारिको चलिरहेको छ भन्छन् सिद्धार्थनगर उद्योग बाणिय संघका सल्लाहकार ओमकार गौचन र संघका कार्यसमिति सदस्य नेत्र आचार्य । उनीहरुले सिमा क्षेत्रमा कडाई गर्न सिमा सुरक्षा अधिकारीहरुलाई आग्रह गरे । सिमापारिको ब्यापार दैनिक उपभोग्यका लागि मात्र नभएर नेपाली युवायुवतीहरुको लागुपदार्थ सेवन गर्ने थलोका रुपमा पनि विकसित भएकाले त्यसलाई निरुत्साहीत गर्न ब्यावसायीहरुले आग्रह गरेका थिए ।
चाडपर्बका बेला सिमानामा भारतबाट राजगारी गरी आउने हजारौ नेपालीहरु लुटिने भएकाले भारतीय सुरक्षा अधिकारीहरुसंग समन्वय गरी काम अगाडि बढाउन संघका सल्लहकार शान्तकुमार शर्माले आग्रह गरे । सिमानामा रहेका दलालहरुका कारण पर्यटकहरु लुटिने र कम गुणस्तरका गाडीहरुमा यात्रा गर्न बाध्य हुने साथै महंगो मुल्यमा टिकट खरीद गर्न बाध्य हुने गरेको संघका कार्यसमिति सदस्य चन्द्र थापाले बताए ।
चाडबाडका समयमा यातायातका साधनहरुले गर्ने जवरजस्ती आफ्नो समितिबाट हुन नदिने सिद्धार्थ यातायात ब्यावसायी समितिका अध्यक्ष दिपक शर्माले प्रतिबद्धता जनाए । ट्राभल ऐजेन्सीका कारण समितिबाट सात सयमा लिएको टिकट १५ सयमा ट्राभल्स ऐजेन्सीले बिक्री गरेर कालाबजारी गर्ने गरेको अध्यक्ष शर्माले बताए । कार्यक्रममा सुनचांदी ब्यावसायी प्रेमकुमार सेन्चुरीले बहुमुल्य धातुको कारोबार गर्ने ब्यावसायीहरु सुरक्षीत नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी

तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता

काठमाडौं । साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ

काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण