सेनासंग यसरी बदला लिंदैछन् प्रधानमन्त्री

१३ आश्विन २०६९, शनिबार ०८:२३ मा प्रकाशित

काठमाडौं, १३ असोज । द्वन्द्वका घाउहरू मेट्ने भन्दै मेलमिलापका लागि सञ्चारमाध्यमबाट सार्वजनिक आह्वान गर्ने प्रधानमन्त्री डा। बाबुराम भट्टराईले युद्धकालमा राज्यको आदेशअनुरूप काम गर्ने सुरक्षा अधिकारीहरूसंग भने छानी–छानी बदला लिन खोजेका छन् । नेपाली सेना, प्रहरी र विपक्षी दलका कार्यकर्ताहरूमाथि घातक हमला गरी ज्यान लिने माओवादी लडाकुलाई सेनामा जागिर खुवाउने प्रबन्ध मिलाउने प्रधानमन्त्रीले सेनाका अधिकारीहरूप्रतिचाहिं बदलाको भावना राख्नु आश्चर्यको विषय भएको छ । नेपाली सेनाका कर्णेल राजु बस्नेतलाई बढुवा नगर्न रक्षामन्त्रीसहित रहेका प्रधानमन्त्री भट्टराईले रक्षा मन्त्रालयलाई विशेष तर मौखिक निर्देशन दिएपछि प्रधानमन्त्रीमा बदलाको भावना रहेको खुलासा भएको हो ।
कर्णेल बस्नेतको बढुवा नभए यसै महिनाको आखिरीबाट उनी अवकाश पाउंदै छन् । जङ्गी अड्डाले प्रक्रिया पूरा गरी रक्षा मन्त्रालयमा पठाएको बढुवा फाइललाई प्रधानमन्त्रीले रोक्न लगाएका छन् । युद्धकालमा भैरवनाथ गणका प्रमुख रहेका तोरणबहादुर सिंह बढुवा भई जनरलसम्म भएर सेवानिवृत्त भइसकेका छन् । सिंहमातहतमा रही काम गरेका राजु बस्नेतको पनि एक तह बढुवा यसअघि भइसकेको छ । तर, अहिले बस्नेतको स्वाभाविक बढुवा हुने बेलामा प्रधानमन्त्री तगारो बनेर उभिएका छन् । राजु बस्नेतको बढुवा फाइल अघि बढाउन प्रधानसेनापति गौरवशमशेर जबराले रक्षा मन्त्रालयको ध्यानाकर्षण गरिसक्नुभएको छ ।
प्रधानसेनापतिको पटक–पटकको आग्रहलाई रक्षासचिवले प्रधानमन्त्रीको आदेश भन्दै घर्रामा थन्क्याएर राखेका छन् । उता जङ्गी अड्डा सूत्रबाट प्राप्त जानकारीअनुसार बस्नेतलाई बढुवा गराउन सेनाभित्रैबाट प्रधानसेनापतिमाथि व्यापक दबाब परिरहेको छ । बस्नेतको बढुवा नहुंदा सेनाको मनोबल गिर्ने र सङ्गठनभित्र त्यसको नकारात्मक असर पर्ने भएकोले सेनापतिमाथि बढुवाको निम्ति दबाब बढेको बताइन्छ । एक सूत्रले जनाएअनुसार रक्षा मन्त्रालयले आनाकानी गरे जङ्गी अड्डाले नै राजु बस्नेतको बढुवा गराई काम लगाउनुपर्ने धारणा सेनाभित्रबाट प्रकट भइरहेको छ । यदि प्रधानमन्त्रीले सेनाको भावना बुझेर तत्काल सकारात्मक कदम चालेनन् भने प्रचण्डकालमा झैं बाबुराम भट्टराईसंग पनि सेनाको द्वन्द्व बढ्ने र त्यसले नराम्रो परिणाम निकाल्ने आशंका गर्न थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार