वुटवलमा डान्सीङ स्टारको अडिसन हुने

१३ आश्विन २०६९, शनिबार ०८:१६ मा प्रकाशित

बुटवल, १२ असोज । माईकल स्टेप अप एण्ड आर्ट एकेडेमि प्राईभेट लिमीटेडको आयोजनामा हुन गैरहेको नेपाली डान्सिङ स्टार २०१२ को बुटवलमा अडिसन आउंदो कार्तिक ४ र ५ गते हुने भएको छ । नेपाल र भारतका नागरिकलाई एकैथलोमा ल्याएर नृत्य प्रतियोगिता गराउने उद्देश्यले एकेडेमिले यस्तो कार्यक्रम राखीएको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको छ ।
दार्जिलिङ, कस्र्याङ कालिङपोङ ग्याङटोक, सिलगुडि लगाएतका ठाउँमा अडिसन सकिईसकेको उनिहरुले वताए । स्टार वन्ने एक जनाले नानो कार जित्ने आयोजकले वताए ।
अडिसन भई छनौट भएका प्रतियोगिहरु मध्येबाट उत्कृष्ट सत्र जनाको छनौट मिरिकमा सम्पन्न भई सकेको छ । यस्तै बिर्तामोड, धरान, काठमाण्डौ, पोखरा, नारायणघाट, नेपालगञ्ज र धनगढीमा प्रारम्भिक छनौटको आयोजना हुन वाकी छ । छनौट भएका प्रतियोगीहरु मध्येबाट उत्कृष्ट तेइस जनाको छनौट हुनेछ र टप टेनमा पर्नेहरुलाई भारतमा लगी ग्राण्ड फाईनल सम्पन गराईने वताईएको छ । छनौटमा पर्ने उत्कृष्ठ १० जनाको भोटीङ राउण्डवाट सुरु हुने आयोजकले पत्रकार सम्मेलनमा वताए । दुवै देशमा बसोबास गर्नेहरुबिच भाइचाराको भावना बढ्ने, साँस्कृतिक आदानप्रदान र कला साँस्कृतिको फाँट अझै उचाईमा पुग्ने विश्वास आयोजकले लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार