अमेरिकाद्वारा तिब्बती शरणार्थीसम्बन्धमा सकारात्मक बनिदिन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग आग्रह

१३ आश्विन २०६९, शनिबार ०३:५८ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, १३ असोज । अमेरिकाले राष्ट्र संघको ६७ औं महासभामा सहभागी हुन आउनु भएका उपप्रधानमन्त्री एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग तिब्बती शरणार्थीसम्बन्धमा नेपालको तर्फबाट सकारात्मक, लचिलो र सहयोगी भूमिका निर्बाह गरि दिन आग्रह गरेको छ । जवाफमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अमेरिकी विश्वास टुटने नदिने प्रतिबद्वता ब्यक्त गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार परराष्ट्रमन्त्री श्रेष्ठले मानवीयताको आधारमा तिब्बती शरणार्थीहरुलाई नेपाल सरकारले सहयोग गरेपनि उनीहरुको राजनितीक गतिविधी प्रति नेपाल सरकार चनाखो रहने प्रतिक्रिया दिएका थिए ।

बिहीबार राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको कार्यालयमा नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री मारिया ओटेरियो र दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री रोवर्ट ब्लेकले उपप्रधानमन्त्री एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष मानवअधिकार, प्रजातन्त्र र नागरिक सुरक्षाको बिषयमा अमेरिकाले माओवादीलाई विश्वास गरेको र त्यसबाट माओवादी बिमुख नहुन सल्लाह दिएको थियो । भेटमा अमेरिका, माओवादी नेतृत्वको सरकार सँग समन्वय गरेर अगाडी बढन तयार रहेको तर माओबादी मानवअधिकार, प्रजातन्त्र र नागरिक सुरक्षाको बिषयमा स्पष्ट र अडिग रहनु पर्ने अमेरिकी सर्तलाई जोड दिएका थिए। करिब आधा घन्टाको कुराकानीमा अधिकारीहरुले अमेरिकाले माओबादी गतिविधिलाई नजिकबाट नियालिरहेको जानकारी दिएका थिए ।

उक्त भेटमा सहायक विदेशमन्त्रीद्य ओटेरियो र ब्लेकले तिब्बती शरणार्थीको बिषयमा बिशेष चासो राखेका थिए । विदेशमन्त्रीद्यले तिब्बती शरणार्थीहरुको शान्तिपुर्ण विरोध प्रर्दशनमा नेपाल सरकारलाई दमन नगर्न समेत सुझाएका थिए । भेटमा सम्बन्धी सहायक विदेशमन्त्री ओटोरियाले शरणार्थीहरु पक्राउ गरेर फिर्ता पठाउने नेपाल सरकारको कार्यलाई मानवअधिकार उलंघनको घटना भन्दै मन्त्री श्रेष्ठ समक्ष अमेरिकी असन्तुष्टी ब्यक्त गरेकी थिईन् ।
बिहिबार र शुक्रबार गृह प्रशासनले काठमाडौंको बौद्व क्षेत्रमा तिब्बती शरणार्थीहरुको कार्यालयमा छापा मारेको र थप एक स्वतन्त्र तिब्बत समर्थक पक्राउ परेको प्रसंग समेत अमेरिकी सहायकमन्त्रीद्वयले उठाएका थिए । जवाफमा उपप्रधानमन्त्री एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अमेरिकी विदेशमन्त्रीद्यलाई नेपालको एक चीन निती अबगत गरन आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका