प्रेमिकाद्वारा आत्महत्या, प्रेमीको अवस्था गम्भीर

१२ आश्विन २०६९, शुक्रबार २१:०७ मा प्रकाशित

मोरङ, १२ असोज । सुनसरी जिल्लाको दुहवी–५ बस्ने १९ बर्षीया सरस्वती माझीको बिष सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । माझीसँगै रहेका इलाका प्रहरी कार्यालय दुहवी सुनसरीमा कार्यरत प्रहरी जवान रामकुमार चौधरी पनि असक्त अवस्थामा फेला परेका छन् । उनीहरु प्रेमीप्रेमिका रहेको र मनमुटाव भएपछि दुबैले सँगै बिष सेवन गरेको प्रहरीले अनुमान गरेको छ ।
बिहीबार बिराटनगर उपमहानगरपालिका–३ स्थित सुपर गोरखा होटल एण्ड लजमा बसेका उनीहरुले कोठा नखोलेपछि शंका लागेर होटल साहुले जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएका थिए । प्रहरी टोलीले ढोका फोडेर हेर्दा माझीलाई मृत र चौधरीलाई बेहोस अवस्थामा फेला पारेको प्रहरी भनाई छ ।
असक्त प्रहरी जवान चौधरीलाई थप उपचारका लागि धरानस्थित घोपा अस्पताल लगिएको छ । उनीहरुले ‘रोगोन’ नामक बिषादी सेवन गरेको अनुसन्धनबाट खुलेको छ ।
यता, काठमाडौंमा प्रहरी जवान राजेश रोक्काले डिउटीका लागि बुझेको सर्टगनले आफैलाई गोली प्रहार गरेका छन् । आफैले गोली प्रहार गरेर र्घाइते रोक्काको उपचारका क्रममा मृत्यु भएको हो । माहानगरीय प्रहरी बृत्त बालाजु दरवन्दी रहेका रोक्काको घर काठमाडौंकै डाँछी–८ मा पर्छ ।
प्रहरी जवान रोक्काले क्यू।आर।टी।डिउटीका क्रममा आफूसँग रहेको सटगनले कार्यालयको छतमा गई छातीमा १ राउण्ड गोली फायर गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज