कौटिल्य समूहले जिल्ला प्रशासनसमक्ष हतियार बुझायो

१२ आश्विन २०६९, शुक्रबार २०:५२ मा प्रकाशित

काठमाडौं, १२ असोज । तराईमा सशस्त्र गतिबिधी गर्दै आएको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य समुह)ले श्क्रबार आफ्ना हतियार जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाएको छ । सो समूहले हतियार बुझाउने सहमति केही महिनाअघि नै भएको बांकेका प्रहरी प्रमुख विक्रमसिंह थापाले जनाए । विगतको सम्झौता अनुसार नै हतियार बुझाइएको उनको कथन छ । कौटिल्य समूहलाई यसरी निशस्त्र तुल्याउनु आफ्नो सफलता भएको समेत प्रहरी उपरिक्षक थापाले दाबी गरे ।
कौटिल्या समूहका अध्यक्ष समेत रहेका बार्ता टोली संयोजक संजयकुमार गुप्ताले प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोखरेललाई पेस्तोलसहितका गोली बुझाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी