चरा ठोक्किएर मात्र जहाज दुर्घटना नभएको आशंका, नेपाली पाइलट सक्षम भएको दाबी

१२ आश्विन २०६९, शुक्रबार २०:३२ मा प्रकाशित

काठमाडौ, १२ असोज । नेपाल बायु सेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्र कुमार सेरचनले चरा ठोक्किएर मात्र कुनै पनि विमान दुर्घटना नहुने भन्दै दुर्घटनामा प्राविधिक कमजोरी रहेको दावी गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच क्याप्टेन शेरचनले आफूले जहाज उडाउँदा पटक–पटक चरासँग ठोक्किए पनि बचाएको उदाहरण प्रस्तुत गर्दै जहाजमा भएको प्राविधिक र विमानस्थलको ब्यवस्थापनमा रहेको कमजोरी पनि दुर्घटनामा सहायक भएको आरोप लगाए । उनले नेपाली पाईलट विश्वकै सबैभन्दा जोखिम उडान गर्न सक्षम प्रमाणित भईसकेको अवस्थामा चरा ठोक्किएर मात्र दुर्घटना भयो भन्नु उचित नहुने तर्क गरे । उनले भने– हिजो नै उडानको लागि अयोग्य भनेर नउडाएको विमान आज के गरेर उडायो ? यो नै शंकास्पद छ ।
विमानस्थलमा चरा उड्न नसक्ने बातावरण निर्माण गर्ने ब्यवस्थापनको पक्षमा विमानस्थल ब्यवस्थापन असफल भएको भन्दै नेपालको मौसम र भौगोलिक जटिलताको कारण पनि धेरै दुर्घटना हुने गरेको अनुभव उनले सुनाए । उनले विमानलाई मानवबस्तीमा खस्न नदिई खोलामा खसाउनु पाईलटको कुसलताको उदाहरण भएको भन्दै विमानका पाईलट सक्षम रहेको पुष्टि भएको बताए ।
नेपाल बायू सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले मनहरा खोलामा दुर्घटना भएको सिता एयर विमान दुर्घटनामा पाईलटको कुनै भूमिका नभएको भन्दै प्राविधिक जांच भएर उडेको विमान चराको कारणले मात्र दुर्घटना परेको दावी गरे । उनले मानवबस्तीमा विमान खस्न नदिनु पाईलटको सक्षमताको उदाहरण भएको भन्दै ठोक्किन आटेको चराबाट बचाउन खोज्दा दुर्घटना भएको हुन सक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही