१६ वर्षमुनिको क्षेत्रीय क्रिकेटको उपाधी कञ्चनपुरलाई

६ चैत्र २०६८, सोमबार १४:४६ मा प्रकाशित

कन्चनपुर, ६ चैत । बैतडीमा आयोजित १६ वर्ष मुनीको क्षेत्रीय क्रिकेटको उपाधी कञ्चनपुरले उचालेको छ । आज देहीमाण्डौंस्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा घरेलु टोली बैतडीलाई तीन विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधी जितेको हो । एक सय ३३ रनको विजय लक्ष्य पछ्याएको कञ्चनपुरले २९ औं ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । यसअघि पहिले ब्याटिङ गरेको बैतडीले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एकसय ३२ रन जोडेको थियो ।
कञ्चनपुरको जितका लागि नटआउट रहेका पुरनबहादुर चन्दको सर्वाधिक ६६ रनको योगदान महत्वपूर्ण रह्यो । कञ्चनपुरका भीम सार्कीले तीन तथा बीरबहादुर चन्द, कष्ण भट्ट र दीपेन्द्र चन्दले समान दुई–दुई विकेट लिएका थिए । चैत ३ गतेबाट सुरु भएको क्षेत्रीय प्रतियोगितामा कञ्चनपुर, बैतडी, डडेल्धुरा, कैलाली र बझाङको टोलीले सहभागिता जनाएका थिए । क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कञ्चनपुरका दिपेन्द्र चन्द, पुरनबहादुर सिंह टेकेन्द्र माल, भरत धानुक, निरज पोखरेल, वीरबहादुर चन्द र भीम सार्की राजधानीमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले