‘भारतविरोधि क्रियाकलाप गर्ने’माथि प्रधानमन्त्री भट्टराइले कारबाही गर्ने

१२ आश्विन २०६९, शुक्रबार १९:४२ मा प्रकाशित

काठमाडौं, १२ असोज । कुनैबेला यस्तो समय पनि थियो जितिबेला राष्ट्रवादको नाममा डा. बाबुराम भट्टराई भारतको विरोधमा विभिन्न नाराहरु सिर्जना गर्दथे, सिमानामा सुरुङ खनेर भारतविरुद्ध युद्ध छेडिएको घोषणा गर्दथे । त्यही हथकण्डा अपनाएर उनी आज देशको प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् । तर, समयको हावा भने ठ्याक्कै उल्टो बगिरहेको छ । डा. भट्टराईका आफ्नै वर्गीय ‘मित्र’हरु आज सत्ताकै लालसामा भारतीय गाडीमाथि रोक लगाउने, हिन्दी सिनेमा र गीतहरु प्रतिबन्ध गर्ने हरकतमा उत्रिएका छन् भने कानूनविपरित क्रियाकलाप गर्दै छिमेकी भारतविरुद्ध खनिएको आरोप लगाउंदै उनीहरुमाथि कारबाही गर्न बाबुराम भट्टराई उद्यत् देखिएका छन् ।
एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल र भारतबीचको सम्बन्ध बिग्रने गरी नेकपा–माओवादीबाट भएका अवाञ्छित कार्यलाई नियन्त्रण गर्न सरकारसँग माग गरेपछि प्रधानमन्त्री भट्टराई कारबाहीका लागि तयार भएका हुन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाओवादी र मधेसी मोर्चाको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराई लाई नेकपा–माओवादीका गलत क्रियाकलाप र गतिविधि तत्काल नियन्त्रण गर्न आग्रह गरेको थियो भने जवाफमा प्रधानमन्त्री भट्टराईले मुलुकमा संविधान र कानूनविपरीत कार्य गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउने प्रतिवद्धता जनाएका थिए ।
सत्ताधारी दलका एक नेता लक्षमणलाल कर्णका अनुसार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादीका गतिविधि भारतलाई चिढ्याउने खालका रहेको भन्दै नियन्त्रण गर्न प्रधानमन्त्री डा भट्टराईलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत