चरा ठोक्किएकै कारण दुर्घटना भएको पुष्टि

१२ आश्विन २०६९, शुक्रबार १३:३२ मा प्रकाशित

 काठमाडौं, १२ असोज । चरासंग ठोक्किएको कारण यति एयरको डोर्नियर जहाज दुर्घटनामा परेको पुष्टि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमान चालकले एयर ट्राफिक कन्ट्रोलरलाई बिमान चरासँग ठोक्किएको जानकारी गराएको विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनले जनाए । सुमनका अनुसार सो विमान बिहान ६ बजेर १७ मिनेटमा उडने क्रममा असामान्य देखिएपछि एयर ट्राफिक कन्ट्रोलरले चालकसँग जानकारी माग गर्दा चालक तण्डुकारले विमान चरासँग ठोक्किएको जानकारी गराएका थिए। चालकसंग कुराकानी हुंदाहुंदै विमान दुर्घटनाको उत्कर्षमा पुग्न लागेको घटनाको प्रकृतिबाट बुझ्न सकिने विज्ञहरुले प्रतिक्रिया दिएका छन् । दुर्घटनाको उद्धारका लागि खडा गरिएको उद्धार समन्वय केन्द्र पनि उद्धार सम्बन्धी सम्पूर्ण कार्य सकिएकोले बन्द गरिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ भने चालक दलका तीन सदस्यसहित सात नेपाली, सात बेलायती र पाँच चिनियाँ नागरिकको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार