बिमान दुर्घटनामा नेपाली, चीनियां र बेलायती नागरिक परेको पुष्टि

१२ आश्विन २०६९, शुक्रबार ११:४८ मा प्रकाशित

काठमाडौं, १२ असोज । काठमाडौंबाट लुक्लाका लागि उडेको सीता एयरको डोर्नियर विमान त्रिभुवन विमानस्थल नजिकै दुर्घटनामा परे पनि समयमै उदार कार्य हुन नसक्दा १९ जनाले अकाल ज्यान गुमाउनु परेको घटनाले यतिबेला सबैलाई मर्माहत तुल्याएको छ । बिहान सवा ६ बजे लुक्लाका लागि उडेको विमान एक मिनेटमै दुर्घटना भएको विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनले जानकारी दिएका छन् । मनोहरा खोला किनार सुकुम्बासी बस्ती नजिकैको खाली ठाउँमा विमान सकुशल अवतरण गरे पनि विमानभित्र लागेको आगोका कारण सबै १६ यात्रु र चालक दलका तीन सदस्यको मृत्यु भएको हो ।
क्याप्टेन विजय तण्डुकारले चलाएको सो विमानमा परेर ज्यान गुमाउनेमा ७ नेपाली, ७ बेलायती र ५ चिनियाँ नागरिक रहेको बताइएको छ । त्यसमा ताकेस थापा सह चालक र एयर होस्टेज रोजा शाक्य रहेकी थिइन्। मृत्यु हुने विदेशीहरुको नाम अझै खुल्न सकेको छैन। यसअघि विमानमा इटालियन नागरिक परेको भनिए पनि कोही पनि इटालियन नपरेको सीता एयरले पुष्टि गरेको छ।
मृत्यु हुने नेपालीहरुमा एलएन शेर्पा, श्रीमती एनके तामाङ, डी। राई र कुमार मर्स्याङ्दी मगर रहेको सीता एयरले जनाएको छ। नेपाली सेनामा कार्यरत मगर टिकट नलिइ सोझै विमानमा चढेका थिए। डी। राईले सात जना बेलायतीलाई लिएर हिँडेकोले उनी पथप्रदर्शक हुनसक्छन्। विमानमा लोडसिट भार बाहेक १ सय २० केजी वजन रहेको स्रोतले बताएको छ।

विमानस्थल नजिकै रनवेबाट पाँच सय मिटर मात्र टाढाको दूरीमा दुर्घटना भएकोले केही समयमै दमकल, सेना र प्रहरी घटनास्थलमा खटिएका थिए। तर पनि विमानमा लागेको आगो निभाउन सेना र प्रहरीलाइ ४० मिनेट लागेको थियो। विमानको पुच्छर बाहेक सबै भाग जलेर नष्ट भएको अवस्थामा छ।
यसैबीच प्राप्त जानकारीअनुसार क्याप्टेन तण्डुकारले विमान उडाउन थालेको चार वर्ष भएको थियो। क्याप्टेनका रुपमा उनले विमान उडाउन थालेको भने तीन वर्ष मात्रै भएको थियो। यसअघि उनी कोपाइलटका रुपमा विमान उडाउँथे। क्याप्टेन तण्डुकार चाबहिल निवासी, सहचालक थापा धापाखेल निवासी र एयरहोस्टेज शाक्य बनेपा निवासी भएको बताइएको छ ।
सीताको दोस्रो दुर्घटना इतिहास
एउटा डोर्नियर विमानबाट नौ वर्षअघि सेवा सुरु गरेको सीता एयरको इतिहासमा यो दोस्रो विमान दुर्घटना हो। उडान सुरु गरेको पहिलो वर्षमै सीताको विमान लुक्लामा दुर्घटना भएको थियो। अवतरण गर्दा ुनोज गियर कोल्याप्सु भएपछि भएको यो दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्य सकुशल थिए। आठ वर्षअघि असोज १५ गते भएको सो दुर्घटनाका कारण धावनमार्ग अवरुद्ध भएपछि लुक्ला विमानस्थल दुई दिनसम्म बन्द गर्नुपरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल