संविधान निर्माणका लागि दबाब दिन एमालले अरू दलका सभासद्हरूसँग छलफल गर्ने

६ चैत्र २०६८, सोमबार १४:४५ मा प्रकाशित

काठमाडौ, ६ चैत । नेकपा एमालेका युवा नेताहरुको संविधान निर्माण दबाब समितिले समयमै संविधान निर्माणका लागि सबै दलका सभासद्हरूलाई आह्वान गर्र्ने निर्णय गरेको छ । सामुहिक दबाबका लागि थप रणनीति बनाउन भोलि विभिन्न दल संवद्ध सभासद्हरूको संयुक्त बैठक बोलाइएको एमाले सभासद् रविन्द्र अधिकारीले जानकारी दिनुभयो । सिंहदरबारमा रहेको एमाले संसदीय दलको कार्यालयमा बसेको समितिको बैठकमा आज ठूला दलहरूलाई गम्भीर बन्न दबाब दिने विषयमा छलफल भएको थियो । दबाब अभियानका लागि हिजो १७ सदस्यीय समिति गठन गरिएको थियो । युवा नेता यामलाल कँडेलको संयोजकत्वमा गठन गरिएको समितिले समयमै संविधान निर्माण गर्न अरू दलका सभासद्हरुसँग पनि निरन्तर छलफल गर्दै जाने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार