भारतीय गाडी रोक्ने वैद्य माओवादीको कदम आततायी : रामसपा

१२ आश्विन २०६९, शुक्रबार ११:२४ मा प्रकाशित

काठमाडौं, १२ असोज । भारतीय नम्बरप्लेट भएका सवारीसाधनलाई गुड्न नदिने र हिन्दी तथा अंग्रेजी भाषाका चलचित्र, श्रव्यदृश्यका अन्य माध्यम र पत्रपत्रिकालाई निषेध गर्ने मोहन वैद्यनेतृत्वको नेकपा माओवादीको माग तथा आन्दोलनप्रति राष्ट्रिय मधेस समाजवादी पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादी पार्टीको यस्तो कृत्य अवैधानिक, अलोकतान्त्रिक र अव्यावहारिक रहेको ठहर सो पार्टीले गरेको छ ।
आवागमनसम्बन्धी दुईदेशीय कानूनी प्रावधान, सामाजिक व्यावहार र वैयतिmक वा सामूहिक बाध्यतालाई उपेक्षा गर्ने गरी डन्डा र धम्कीको भरमा थालिएको यस्तो मूढतापूर्ण आन्दोलन आपत्तिजनक र भत्र्सनायोग्य छ भन्दै सो पार्टीद्वारा प्रकाशित विज्ञिप्तिमा भनिएको छ, ‘सामान्य राजनीतिक चेतना र साँस्कृतिक सुझबुझविपरित अधिनायकवाद, स्वेच्छाचारिता र निरङ्कुशता थोपर्ने यस्तो कामलाई हामीले सस्तो लोकप्रियता प्राप्त गर्ने ध्येय, घुर्कीमा आधारित जडतावादी चिन्तन र निष्ठाहीन महत्वाकांक्षाको अधीरताको रुपमा हामीले यस कदमलाई लिएका छौं । कुनै आकस्मिक वा स्वाभाविक घटना सन्दर्भमा नआएका यस्ता मागहरुबाट उत्पन्न हुने राजनीतिक, सामाजिक र साँस्कृतिक प्रभाव तथा परिणामलाई बेवास्ता गर्दै सो पार्टीले निरङ्कुशताको नयाँ अध्याय थालेर नेपाली जनतालाई अधिकारविहीन बनाउने र दासत्वको शताब्दीयौंपूर्व परम्परालाई ब्यूँताउन खोजेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनताका आधारभूत मौलिक अधिकार तथा सामाजिक एवं साँस्कृतिक जीवनको वैश्वीकरण तथा विश्व भूगोल, विज्ञान, प्रविधि, ज्ञान, सीप र श्रममा पहुँच बनाउने नेपालीहरुको प्रयासलाई यस आन्दोलनले अवरोध गर्ने प्रायः निश्चित छ । यो नेपाली जनताको देशलाई सम्पन्न र आधुनिकीकरण गर्दै जीवनस्तरलाई उन्नयन गर्ने चाहनामाथिको घात हो । सूचनामाथिको सहज पहुँच र सुलभताले विश्व नै साँघुरो हुँदैगएको बेला एउटा सार्वभौम भूगोलको सबैखाले जीवनलाई संसारसँग अलग्गयाएर कबीलाई शासन गर्ने कुनै पनि व्यतिm वा दलको दुराशयपूर्ण मनोकांक्षालाई नेपाली जनताले पुरा हुन दिने छैन् तर्फ सम्बद्ध पक्षलाई सचेत गराउन चाहन्छौं ।’
देश शान्ति, संविधान र अग्रगमनको अग्निपरिक्षामा रहेको बेला योजनाबद्ध तरिकाले यस्तो निरुद्देश्य तथा क्रुर हठ एवं दुष्प्रचारले मुलुकमा अस्थिरता, अराजक्ता र सङ्कीर्णतालाई मलजल गर्नेछ । छिमेकी देशसँगको राजनीतिक, सामाजिक, साँस्कृतिक एवं धार्मिक संवेनदशीलतालाई अस्वीकार गर्ने र आपसी सदभावलाई विखण्डन र विद्वेषमा परिणत गराउने यस्तो कथित आन्दोलनलाई जनस्तरबाटै दृढतापूर्वक प्रतिकार हुने कुरामा हामी विश्वस्त छौं भन्दै शरदसिंग भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीले यस्तो दूराग्रहीपूर्ण रवैयाबाट कुनै पनि पार्टीको राजनीतिक श्रेष्ठता प्रमाणित नभएको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा अन्तमा भनिएको छ, ‘निष्पक्षता र तटस्थता र साझेदारीमा आधारित परराष्ट्र सम्बन्धको मान्यताविपरित देशलाई रणनीतिक सनकको बन्धक बनाउने कुनै पनि कार्यलाई नेपाली जनताले स्वीकार्ने छैनन् । मधेशसँग सीमावर्ती क्षेत्रका जनताको देशपार विवाह, स्वास्थ्योपचार, धर्मकर्म तथा अन्य सामाजिक सँस्कार आदिलाई निषेध गर्ने यस्तो रुग्न सोचविरुद्ध ठूलो जनमत तयार भइसकेको पनि जानकारी गराउन चाहन्छौं । तसर्थ नेपाल भारतबीचको सदियौंदेखिको सदृढ सम्बन्ध, पारस्परिक सहयोगको परम्परा र असल छिमेकी व्यवहारलाई खलल पु¥याउने कार्यलाई तत्काल बन्द गर्न हामी नेकपा माओवादीलाई आग्रह गर्दछौं । यस्तो आतातायी माग र आन्दोलनलाई फिर्ता नलिइए यसको दुष्परिणामको दोषी स्वयं नेकपा माओवादी हुनेतर्फ पुनः ध्यानाकृष्ट गराउन चाहन्छौं । साथै नेकपा माओवादीको यस्तो राष्ट्रविरोधी,जनविरोधी र समाजविरोधी कामलाई रोक्न नेपाल सरकारसँग माग गर्दछौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ