स्वर्ण ल्याउनेलाई एक करोड प्रदान गरिने

१२ आश्विन २०६९, शुक्रबार ०९:५७ मा प्रकाशित

काठमाडौं, १२ असोज । नेपाली खेलजगतका लागि एउटा सुखद खबर छ । ओलम्पिक खेलबाट स्वर्ण पदक ल्याउने खेलाडीलाई सरकारले पुरस्कार स्वरूप एक करोड रुपियाँ दिने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार रजत पदक ल्याउनेलाई ७५ लाख र कास्य पदक ल्याउनेलाई ५० लाख रुपियाँ दिईने छ ।

त्यस्तै, समूहगततर्फ ओलम्पिकमा स्वर्ण पदक ल्याउनेलाई ४० लाख, रजत पदक ल्याउने लाई ३५ लाख र कास्य पदक ल्याउनेलाई २० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिएका छन् । हालसम्म व्यक्तिगत प्रतिस्पर्धामा दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेबापत पाँच लाख रुपियाँ, रजत पदक जिते तीन लाख र कास्य पदक जितेबापत दुई लाख रुपियाँ दिने निर्णय गरेको छ ।
एसियाडमा स्वर्ण जितेबापत २५ लाख, रजत पदक जितेबापत १५ लाख र कास्य पदक जितेबापत दस लाख रुपियाँ दिने निर्णय पनि बिहिबारको बैठकमा गरिएको छ ।
सरकारले प्रशिक्षण र सहयोग गर्ने संस्थालाई पनि प्रोत्साहनका लागि पुरस्कृत गर्ने निर्णय गरेको छ । पदक जितेका खेलाडीले सन्न्यास लिएमा २५ लाख रुपियाँको आवास सुविधा पाउने व्यवस्था समेत भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ