गले एमालेका असन्तुष्टहरु, रामचन्द्र झाले वाध्यतावश लिए फैसला

१२ आश्विन २०६९, शुक्रबार ०९:५६ मा प्रकाशित

काठमाडौं, १२ असोज । पार्टीभित्र असन्तुष्टि प्रकट गरी अर्को दल खोल्ने धम्की दिंदै आएका नेकपा एमालेका असन्तुष्टमध्येका पाँच नेता पार्टी काममा फर्किएका छन् । झण्डै चार महिनापछि बिहीबार एमाले मुख्यालय बल्खुमा पार्टी नेतृत्व र असन्तुष्ट नेताहरूबीच भएको चारबुँदे निष्कर्षपछि केन्द्रीय कमिटीका १० असन्तुष्ट नेतामध्ये पांचले पार्टी काममा फर्केको घोषणा गरेका थिए । पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ, रामचन्द्र झा, केन्द्रीय सदस्य किरण गुरुङ, वीरबहादुर लामा र दलबहादुर राना पार्टी काममा फर्किएका हुन् । उपाध्यक्ष अशोक राईको नेतृत्वमा १० असन्तुष्ट नेताले ‘अग्रगामी विचार समूह’ बनाएर अन्तरसंषर्घ गरिरहेका थिए ।
पार्टीको काममा फर्किए पनि अन्तरसंघर्ष भने जारी रहने असन्तुष्ट नेता पृथ्वीसुब्बा गुरुङले बताए । ‘अन्तरसंघर्ष सकिएको होइन, व्यवस्थित भएको छ,’ नेता गुरुङले भने, ‘फरक मतलाई केन्द्रीय कमिटीबाट निर्धारण गरिने विधिअनुरूप स्वस्थ र मर्यादित ढंगले अन्तरपार्टी छलफल सञ्चालन गर्ने निर्णय भएको छ ।’
फरक मत राखेकै आधारमा कसैप्रति भेदभाव र पक्षपात नगर्ने सहमति भएको पनि बताइएको छ । ‘पार्टीका तर्फबाट फरक मत राखेको आधारमा कसैप्रति भेदभाव वा पक्षपात हुनेछैन । सबै नेता तथा कार्यकर्ता कमरेडहरूलाई सम्मान र स्वाभिमानका साथ पार्टी काममा लाग्नका लागि अनुकूल परिस्थिति निर्माण गरिनेछ, एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
छलफलमा एमालेका शीर्ष नेतृत्वसंग असन्तुष्ट समूहका पृथ्वीसुब्बा गुरुङ, रामचन्द्र झा, किरण गुरुङ, दलबहादुर राना र वीरबहादुर लामा थिए । उनीहरूले १८ असारमा उपाध्यक्ष राईको नेतृत्वमा विचार समूह बनाएपछि पार्टीको बैठक र कार्यक्रम बहिष्कार गर्दै आएका थिए भने असन्तुष्ट नेताहरूले निरन्तर पार्टीको बैठक बहिष्कार गरेपछि ०६९ श्रावण ३ मा बसेको स्थायी कमिटीको बैठकले जिम्मेवारीबाट मुक्त गरेको थियो ।
यसैबीच असन्तुष्टमध्येका रामचन्द्र झाको पार्टीमा पुनर्वापसीलाई फरक ढंगबाट हेरिएको छ । उनले अन्तिम समयमा अकस्मात पार्टीमा आवद्ध रही काम गर्ने निर्णय लिएका थिए । नागरिकता विवादमा मुछिएका रामचन्द्र झाले आफूलाई उक्त संकटबाट बचाउन पार्टीको सहारा लिने उद्देश्यले वाध्यतावश पार्टीमा पूर्ववत ढंगमा काम गर्ने फैसला लिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

रुपन्देही । नेपाली कांग्रेसका नेता पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा