टापुको विषयमा चीन र फिलिपिन्सबीच तनाव

१२ आश्विन २०६९, शुक्रबार ०९:५४ मा प्रकाशित

काठमाडौं, १२ असोज, (एजेन्सी) । विवादित टापुको अनुगमनका लागि खटिएका आफ्ना ड्रोन (चालकरहित विमान)माथि हमला नगर्न चीनले फिलिपिन्सलाई चेतावनी दिएको छ । फिलिपिन्सले आफ्नो दाबी गर्दै आएको हुनग्यान टापुको आकाश क्षेत्रमा चिनियाँ ड्रोन प्रवेश गरे खसाल्ने फिलिपिनी अधिकारीले जनाएको प्रत्युत्तरमा बिहीबार चीनले यस्तो चेतावनी दिएको हो ।
हुनग्यान टापुलाई फिलिपिन्समा स्कारबोरफ सोहलका नामले चिनिन्छ । फिलिपिन्सको प्रतिरक्षा मन्त्रालयका प्रवक्ताले हुनग्यान टापुको आकाशमा चिनियाँ ड्रोन देखापरे खसाल्ने चेतावनी दिएका थिए । यसको प्रत्युत्तरमा चिनियाँ प्रतिरक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले ‘साउथ चाइना सी’मा उत्तेजना फैलाउने कार्यको चीनले सदैव विरोध गर्ने बताए । विवादित टापु अनुगमनका लागि चीनले ड्रोन प्रयोग गर्ने उल्लेख गर्दै उनले ड्रोन परिचालन वैधानिक एवं न्यायसंगत रहेको जिकिर गरे ।
हुनग्यान र नान्सा टापु तथा यस आसपासका जलक्षेत्रमा चीनको अविवादित सार्वभौमिकता रहेको दाबीसमेत उनले गरे । गत आइतबार चीनले जलक्षेत्रको अनुगमन वृद्धिका लागि ड्रोन तैनाथ गर्ने घोषणा गरेको थियो ।
विवादित टापुको स्वामित्वलाई लिएर गत अप्रिलमा दुई देशबीच संघर्ष चुलिएको थियो । विवादित टापुछेउ दुवै देशले पानीजाहाज तैनाथ गरेपछि झडपको अवस्था सिर्जना भएको थियो । तर, आपसी सहमतिमा जहाज हटाउने निर्णय दुई मुलुकबीच भएको थियो । चीनले ‘साउथ चाइना सी’ का लगभग सबैजसो क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । तर, भियतनाम, फिलिपिन्स, ब्रुनाई, ताइवान, मलेसियालगायत राष्ट्रले चिनियाँ दाबीलाई अनुचित मान्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा