औद्योगिक तथा राजश्व सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई

१२ आश्विन २०६९, शुक्रबार ०७:४७ मा प्रकाशित

काठमाडौं, १२ असोज । सरकारले औद्योगिक तथा राजश्व सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बललाई दिने भएको छ । सिंहदरबारमा बिहिबार सांझ बसेको मन्त्रीपरिषदको बैठकले औद्योगिक तथा राजश्व सुरक्षा बल गठनका लागि सशस्त्र प्रहरीमा २ हजार २ सय पचास दरबन्दी थप्ने निर्णय गरेको हो ।

यसअघि सशस्त्र प्रहरीले अस्थाई रुपमा १० वटा भन्सार नाकामा राजश्व तथा भन्सार सुरक्षा गस्तीका रुपमा काम गर्दै आएको थियो । यस्तै, नेपाल प्रहरीलेसमेत सो जिम्मेवारी दाबी गरेपछि कसलाई दिने भन्नेमा अहिलेसम्म अन्योल थियो ।

बिहिबारकै बैठकले सुदुरपश्चिमको विकासका लागि आयोग गठन गर्ने निर्णय पनि गरेको छ । मक्का जाने हज यात्रीका लागि ८१ लाख सहयोग प्रदान गरिने निर्णय पनि मन्त्रीपरिषदको बैठकले गरेको छ ।

बैठकले नेपाली सेनाका सहायक रथी राजेन्द्रविक्रम शाहलाई उपरथीमा बढुवा गर्नुका साथै करिव डेढ दर्जन उच्च सैन्य अधिकारीको सरुवा गरेको छ । पवन पाण्डेसहित दस उपरथी, रमिन्द्र क्षेत्रीसहित आठ सहायक रथी र रमेशराज महतसहित १४ महासेनानीको सरुवा गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक