लुक्ला उड्न लागेको बिमान दुर्घटनाग्रस्त, बिमानमा सवार १९ जनाकै मृत्यु

१२ आश्विन २०६९, शुक्रबार ०७:१६ मा प्रकाशित

काठमाडौं, १२ असोज । लुक्लाका लागि उड्न लागेको सिता एयरको ९एनएएस डोर्नियल बिमान आज बिहान सवा ६ बजे त्रिभुवन बिमानस्थलनजिकै मनोहरावस्तीको सुकुम्बासी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । उड्ने क्रममा अचानक आगलागी भएपछि बिमान अवतरण गराउने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बिमानका क्याप्टेन विजय तण्डुकार, को–पाइलट टी थापा र परिचालिका रोजा शाक्यलगायत बिमानमा सवार १९ जनाकै जलेर मृत्यु भएको छ । मृत्युभएका सबै यात्रुको शव जलेर एकै डल्लो परेको अवस्थामा रहेको छ ।

सिता एयरको उक्त विमान क्याप्टेन विजय तण्डुकारले चलाएका थिए भने ताकेस थापा सह चालक र एयर होस्टेज रोजा शाक्य रहेकी थिइन् । विमानमा १२ जना विदेशी र चालक दलका तीन र ४ नेपाली यात्रुसहित ७ जना नेपाली रहेका थिए । क्याप्टेन तण्डुकार चाबहिल निवासी, सहचालक थापा धापाखेल निवासी र एयरहोस्टेज शाक्य बनेपा निवासी भएको सीता एयरले जनाएको छ । मृत्युमा हुनेमा ७ वेलायती छन् भने ५ चिनियाँ नागरिक परेका छन्।
उड्ने क्रममा विमानमा ठूलो आगलागी भएपछि सुरक्षित अवतरण गराउने प्रयास गरिएको संकेत मिलेको छ । तर, करिब ४० मिनेटको आगलागीपछि विमानका सबै यात्रुको जलेर मृत्यु हुन पुग्यो । दुर्घटनासम्बन्धी थप विवरण आउने क्रम जारी छ ।
यसैबीच आज दुर्घटना भएको सो बिमान हिजो प्राविधिक गडबडी देखिएपछि उडान रद्द गरिएको थियो तर विनाप्राविधिक जांच र मरमतविना नै आज उडाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर