स्वतन्त्र तिब्बत अभियानमा सरिक रहेका थिन्ले लामा पक्राउ

१२ आश्विन २०६९, शुक्रबार ०३:०८ मा प्रकाशित

काठमाडौं, १२ असोज । तिब्बत स्वतन्त्रता अभियानमा सरिक रहेको आरोप लगाउदै  थिन्ले लामालाई चिनिया सरकारको अनुरोधमा गृह प्रशासनले बिहिबार नियन्त्रणमा लिएको छ । चिनिया सरकारको अनुरोधमा तिब्बत स्वतन्त्रता अभियानमा सरिक थिन्लेलाई बिहीबार महानगरीय अपराध अनुसन्धान महाशाखामा सोधपुछ समेत गरिएको थियो ।

बिहीबार महानगरीय अपराध अनुसन्धान महाशाखाले धार्मिक व्यक्ति थिन्ले लामाविरुद्ध अख्तियार अनुसन्धान आयोगमा कपो कल्पित उजुरी परेका कारण बताउदै माथिको आदेश अनुसार बुझ्नको लागि नियन्त्रणमा लिगिएको जनाएको छ ।

गृह प्रशासनले चिनिया अनुरोधमा तिब्बत स्वतन्त्रता गतिविधिमाथि निगरानी बढाउदै आएको र बुधबार मात्रै प्रहरीले भीओआइपी सन्चालनको आशंकामा छापा मारेको बौद्धस्थित एक कम्युनिकेशन सेन्टर तिब्बती गतिविधिसम्बन्धी अनुसन्धान गर्ने केन्द्र भएको दावी गरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको