सबै मुद्दा प्याकेजमा टुंग्याउनु पर्ने: प्रधानमन्त्री भटराई

१२ आश्विन २०६९, शुक्रबार ०२:१३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १२ असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बर्तमान सरकार बैधानिक सरकार भएकोले यहि सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिएर सहमतिका साथ अघि बढ्न तयार रहेको बताएका छन । नवलपरासी जिल्लाको नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्ने क्रममा क्रममा बिहिवार नवलपरासीमा क्रान्तिकारी पत्रकार संघ नेपाल नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री भटराईले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री डा. भट्टराईले यो भन्दा अर्को बैधानिक सरकार बनाउने बाटो नभएको स्पष्ट पार्दै राष्ट्रिय सहमतिका साथ सबै मुद्दा प्याकेजमा टुंग्याउनु पर्नेमा जोड दिए । उनले सुस्ताको सीमा विवाद दुई पक्षिय बार्ता बाट समाधान गरिनु पर्ने र त्यसका निम्ति बर्तमान सरकार सम्बेदनशिल रहेको स्पष्ट पारे ।उनले पहिले राष्ट्रिय सहमतिका कुरा टुंग्याएर मात्र अन्र्तराष्ट्रिय मुद्दाहरुमा पहल गर्नु पर्ने समेत बताए

प्रधानमन्त्री डा. भट्टराईले नारायणी नदीको बाढीले क्षति पुर्याएको क्षेत्र निरिक्षण पछि आयोजित सभालाई सम्बोधन गर्दैनारायणी नदिले पुर्याएको क्षतिको मर्मत एवं पुनर निर्माणको जिम्मेवारी भारतीय पक्षको भएकोले यस विषयमा भारतीय राजदुतलाई बोलाएर जानकारी गराईए पछि मर्मत सम्भार शुरु भएको र यसको दिर्घकालीन समाधानका निम्ति सरकार सम्बेदनशिल रहेको स्पष्ट पारे । नेपाली सेनाको हेलिकप्टर चढी नारायणी नदिले क्षति पुर्याएको ठोकर नम्बर ११ र १२ को विचमा ओर्लनु भएका प्रधानमन्त्री डा. भट्टराईले सो क्षेत्रकोअनुगमन गरि सो क्षेत्रको स्थाई समाधान निकाल्न आफुले भारत सरकारको गम्भिर ध्यानाकर्षण गराएकोले स्थानिय जनतालाई यो समस्या दिर्घकालिन रुपमा समाधानहुने आश्वस्त रहन आग्रह गरे ।

उक्त अनुगमनका क्रममा प्रधानमन्त्रीले सरकार प्रमुख मुद्दा नभई संविधान सभाको निर्वाचनमा जानु नै अहिलेको महत्वपुर्ण विषय भएकोले आवश्यक कानुन परिमार्जन गरि सम्बादबाट सहमति खोजी हरेक विषय प्याकेजमा समाधान गर्ने स्पष्ट पारे उनले संघीयताका पक्षमा निर्णय हुन नसक्दा संविधान सभा विघटन हुन पुगेकोले सबै दल चुनावमा जानुको बिकल्प नभएको दावी गरे ।

सो क्रममा भौतिक योजना तथा योजना मन्त्री हृदेयश त्रिपाठीले नारायणी नदीको समस्या पुरानो भएकाले यसको समाधानका लागी दुबै देश जिम्मेवार हुनुपर्ने बताए ।

प्रधानमन्त्री संगै सिचाई मन्त्री महेन्द्रराय यादव, परराष्ट्र र सिचाई मंत्रालयका उच्च पदाधिकारीहरु एवं भारतीय उच्च अधिकारीहरुको समेत उपस्थिती रहेको थियो । सो अवसरमा गण्डक नदी नियन्त्रण संघर्ष समितीले प्रधान मंन्त्रीलाई समस्याका वारेमा अनुरोध पत्र समेत बुझाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल