सर्वसत्ताबाद र अधिनायक बादको खतरा: कमल थापा

१२ आश्विन २०६९, शुक्रबार ०१:०३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही असोज ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बाबुराम भट्टराईनेतृत्वको सरकार माओवादीले भन्दै आएको सत्ता कब्जाको पूर्व चरणमा रहेकोबताएका छन । काग्रेस÷एमालेले पनि सरकार हटाउने नाममा राष्ट्रपतिलाई उचालेरअधिनायकवाद जन्माउने दाउमा रहेको जिकिर उनले गरे । बिहिवार भैरहवामा पत्रकारहरुसंगको कुराकानीमा उनले मुलुकमा माओवादी
सर्वसत्तावाद तथा नेपाली काग्रेस, नेकपा एमालेको अधिनायकवादको खतरा रहेकोदावी गरेका हुन । उनले दुवै वादबाट मुलुकलाई जोगाउन स्वतन्त्र सरकारको गठनगरि नयाँ निर्वाचनमा जानुपर्ने आवश्यकतामा जोड दिएका छन । २०६४ सालको निर्वाचनका लागि बनेको अन्तरीम संबिधान हेरेर कानुनी अड्चन भन्नु बेकार तर्क भएको बताउदै नेता थापाले भने– सर्बदलीय सहमति,
मन्त्रीपरिषदको सिफारिसबाट केहि कानुन अध्यादेशमार्फत संशोधन गरेमा निर्वाचन असंभव छैन । उनले ठूला दलहरु निर्वाचनमा जान डराएको समेत आरोपलगाए ।उनले संबिधान संशोधन बिना निर्वाचन हुन नसक्ने भन्दै दलहरुले कानुनीअड्चन देखाईरहनुलाई उनले गलत तर्क भएको दावी गरे । संबैधानिक, राजनैतिक, प्रजातान्त्रिक र ब्यवहारिक रुपमा निर्वाचनको कुनै विकल्पनरहेको भन्दै अध्यक्ष्ँ थापाले संबिधान बनाउन नसकेर आफैले मृत्युवरणगराएको संबिधान सभा पुनस्र्थापनाको पहलमा लाग्नु लाजमर्दो कुरा भएकोउल्लेख गरे । उनले जिवित छँदै संबिधान सभाले तोकिएको समयमा संबिधाननबनेमा स्वतः बिघटन भई नयाँ जनादेशमा जानुपर्ने सर्वोच्चको फैसलालाईसम्मान गर्न समेत दलहरुलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार