राष्ट्रपतिविरुद्ध अभिव्यक्ति किन दिंदैछ एमाओवादी ?

११ आश्विन २०६९, बिहीबार २२:५५ मा प्रकाशित

 काठमाडौं, ११ असोज । सरकारविरुद्ध आन्दोलनमा रहेका विपक्षी दलहरुले राष्ट्रपति रामवरण यादवविरुद्ध अभिव्यक्ति नदिन प्रधानमन्त्री बाबुराम भट्टराईको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री भट्टराईले सार्वजनिक रुपमा राष्ट्रपतिमाथि विभिन्न आरोप लगाउंदै विवादमा तान्न खोजेको भनद्ये विपक्षी दलहरुले आपत्ति जनाएका हुन् ।

राजधानीको बल्खुस्थित एमाले पार्टी कार्यालयमा बिहिबार बसेको विपक्षी १९ दलको बैठकले अमर्यादित अभिव्यक्ति बारम्बार सार्वजनिक भइरहेको भन्दै संविधानको भावना र मर्मविपरित अभिव्यक्ति नदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

कामचलाउ हैसियतमा रहेको असंवैधानिक सरकारका प्रधानमन्त्रीले आफ्नो पदीय हैसियत भुली राष्ट्रपतिजस्तो मर्यादित ओहदामा रहेका व्यक्तिलाई समेत विवादमा तान्ने अभिप्रायले जथाभावी बोल्दै हिंड्नु सैह्य विषय नभएको कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले दिए ।

आफूले पेस गरेका अध्यादेशहरु पास नभएपछि राष्ट्रपति यादवविरुद्ध प्रधानमन्त्रीले अनर्गल अभिव्यक्ति दिंदै हिंडेका छन् । राष्ट्रपति कांग्रेसको हुनाले प्रधानमन्त्री कांग्रेसलाई दिन नहुने अभिव्यक्ति एमाओवादी नेतृत्वबाट पछिल्लो समयमा प्रकट हुंदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको