लडाकूका शिविर खाली

११ आश्विन २०६९, बिहीबार २२:५३ मा प्रकाशित

काठमाडौं, ११ असोज । सबै मुख्य र सहायक शिविरहरु खाली भएपछि माओवादी लडाकूहरुको झण्डै ६ वर्ष लामो शिविर वसाई टुंगिएको छ । सेनाको मापदण्ड पूरा गरेकाहरु तालिमपूर्व घरविदामा र अवकास रोजेकाहरु एकमुस्ट रकम बुझेर बिदा भएपछि सातवटै मुख्य शिविर र १५ सहायक शिविर खाली भएका हुन् ।

समायोजनको टुंगो लागेका १ हजार ३ सय ८८ लडाकूहरुलाई सेनाले रवानापत्र र स्थानीय सैनिक क्याम्पबाट भरणपोषण र भत्ता बुझ्ने अनि ४५ दिनपछि सैन्य तालिममा जानेगरी घरविदामा गएका छन् । अधिकृत स्तरको पदमा लडेका ७५ पूर्वलडाकूहरुचाहिं चितवनको शिविरमा छन् । उनीहरु अन्तिम परिक्षाको तयारीमा रहेका छन् । सरकार र तत्कालीन माओवादी बिद्रोहीबीच २०६३ साल मंसिर ५ गते शान्ति सम्झौतामा हस्ताक्षर भएपछि लडाकूहरुलाई विभिन्न मुख्य तथा सहायक शिविरहरुमा राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा