एनआरएन स्विट्जरल्याण्डको ५ औं साधारण सभा सम्पन्न

११ आश्विन २०६९, बिहीबार २१:४५ मा प्रकाशित

जंगम खड्का, स्विट्जरल्याण्ड । एन आर एन स्विट्जरल्याण्डको ५ औं साधारण सभा २३ तारीख सेप्टेम्बर आइतबारको दिन जेनेभा शहरमा सम्पन्न भएको छ। एन. आर. एन. स्विट्जरल्याण्डका अध्यक्ष डा. विनय श्रेष्ठको सभापतित्वमा, प्रमुख अथिति स्विट्जरल्याण्डका लागि नेपाली राजदूत शंकर दास बैरागी, विशिष्ठ अथिति एन. आर. एन. यूरोप संयोजक कुमार पन्त, विशेष अथिति एन. आर. एन. बेल्जियमका आई सी सी अर्नुन कुमार श्रेष्ठ र अथिति एन. आर. एन. स्विट्जरल्याण्डका आई सी सी पितम गुरूङहरुलाई आसन ग्रहण गराईएको थियो।

उक्त साधारण सभाको प्रमुख अथिति नेपाली राजदूत शंकर दास बैरागीले दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो। कार्यक्रमको संयोजन संघकी सदस्य गौरी गुभाजुले उपस्थित सबै महानुभावहरुलाई स्वागत गर्नु भएको थियो। एन. आर. एन. फ्रान्सका आई सी सी सदस्य एवंम पूर्व अध्यक्ष अशोक न्यौपानेको असामायिक निधनको दु:ख ब्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिका लागि १ मिनेट मौन धारण गरेको थियो।

मन्तव्यकै क्रममा प्रमुख अतिथि राजदूत शंकर दास बैरागी, विशिष्ठ अथिति एन. आर. एन. यूरोप संयोजक कुमार पन्त, विशेष अथिति एन. आर. एन. बेल्जियमका आई सी सी अर्जुन कुमार श्रेष्ठ र अथिति एन. आर. एन. स्विट्जरल्याण्डका आई सी सी पितम गुरूङ र छोरा बुहारीको निमन्त्रणामा स्विट्जरल्याण्ड आउनु भएका नेपालका स्याङजा निवासी खगेश्वर भट्टराईहरुले आ-आफ्नै मन्तव्यहरु राख्नु भएको थियो।

अथिति एन. आर. एन. यूरोप संयोजक कुमार पन्तले मन्तव्यकै क्रममा २०१३ सालमा स्विट्जरल्याण्डले छैठौ यूरोप बैठक गर्ने अवसर पाएको छ। यो अबसर त्यतीकै पाएको होईन संघका अध्यक्ष डा. विनय श्रेष्ठले स्पेन सँग लडेर स्विट्जरल्याण्डले यो अबसर पाएको हो र यसलाई सबै मिलेर सफल गर्न र आफ्नो तर्फबाट सहयोग र साथ रहने बताउनु भएको थियो। संघका कोषाध्यक्ष हिरालाल श्रेष्ठले २०११ डिसेम्बर सम्मको आयव्ययको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

अध्यक्ष विनय श्रेष्ठले औपचारिक कार्यक्रमको समापन गरे लगत्तै सरोज यादवको नेतृत्वमा तयार पारिएको स्वादिष्ठ नेपाली खाना संगै दोस्रो चरणको सांस्कृतिक कार्यक्रम शुरु भएको थियो। गौरी गुभाजु, बिन्दु भट्टराई, शर्मिला मगर, डेजी राई र नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष राम कुमार महत्तोहरुले उपस्थित सबैलाई आफ्नो नृत्य, गीत प्रस्तुत गर्दै मनोरन्जन गराएको थियो। संघकी सदस्य सिमा गौतमले सांस्कृतिक कार्यक्रमको संचालन गर्नु भएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

आजको प्रमुख समाचार