स्वर्गीय केसीका परिवारलाई अमेरिकाबाट सहयोग

११ आश्विन २०६९, बिहीबार २१:४४ मा प्रकाशित

बाल्टिमोर अमेरिका । एक महिना अघि मेरिल्याण्ड राज्यको क्यापिटल शहर एनापोलिसमा आफ्नो अपार्टमेन्ट नजिक मृत फेला परेका स्वर्गीय कृष्ण केसीको परिवारलाई यहाँस्थित नेपाली समुदायका सदस्यहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् । गत महिनाको अगष्ट २४ तारिख राती आफु बसेको अपार्टमेन्ट नजिकै केसीको शव फेला परेको थियो । नेपालको कास्की जिल्लास्थित कास्कीकोट गाविस वडा नम्वर ६ काउले स्थायी घर भएका ३७ वर्षीय केसी रोजगारीको सिलसिलामा डेढ वर्ष अगाडी अमेरिका आएका थिए । नेपालमा केसीका बुवा आमा, एक श्रीमती, ११ वर्षीय एक छोरा र आठ वर्षीया एक छोरी छन् ।
स्वर्गीय केसीले आत्महत्या गरेको खबर थाहा पाए लगत्तै पोष्टमार्टमदेखि दाहसंस्कारसम्मका कार्य सम्पन्न गर्नका लागि र नेपालबाट उनकी श्रीमतीलाई बोलाउनका लागि सबै समन्वय गरेको यहाँस्थित कास्की जिल्लावासीहरुको स्थानीय संस्था कस्केली समाजले जिल्लावासी एवं अन्य शुभेच्छुक नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरी सेप्टेम्वर ७ तारिख शुक्रवार केसीको दाहसंस्कार सम्पन्न गरेको थियो ।स दाहसंस्कार र अन्य कार्यका लागि समाजका अध्यक्ष स्थानीय व्यवसायी नारायण थापाको अगुवाईमा कस्केली समाजका पदाधिकारी र अन्य सदस्यहरुले समन्वय गरेको बाल्टिमोरको स्थानीय अनलाईन खवर पत्रिका ग्लोब नेपाल डट कमले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।

स्वर्गीय केसीको दाहसंस्कार गरी बाँकी रहेको संकलित रकम नेपालमा रहेका उनका परिवारलाई पठाइएको कस्केली समाजका अध्यक्ष नारायण थापाले जानकारी दिएको पनि ग्लोब नेपाल डट कमले जनाएको छ । उनका अनुसार कस्केली समाजको पहलमा स्वर्गीय केसीको दाहसंस्कारका लागि कूल चार हजार दुई सय तेईस डलर रकम संकलन भएको र त्यसमध्ये दाहसंस्कारका लागि एक हजार चार सय ९९ डलर खर्च भएको थियो ।
यही शनिवार बसेको समाजको बैठकले दाहसंस्कारका लागि भएको खर्चबाट बाँकी रहेको रकम परिवारलाई पठाउने निर्णय गरे अनुसार कूल दुई हजार सात सय २४ अमेरिकी डलर परिवारलाई पठाइएको समाजका महासचिव एवं ग्लोब नेपाल डट कमका बजार व्यवस्थापक भरत बराइलीले दिए ।

बाल्टिमोरमा रहेका नेपालीहरुको स्थानीय सामुदायिक संस्था बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका ९बाना० ले पनि स्वर्गीय केसीको दाहसंस्कारका लागि भनेर सार्वजनिक रुपमा सहयोगका लागि आफ्ना सदस्य र शुभेच्छुकहरुलाई आग्रह गरेको थियो र दाहसंस्कारमा पनि बानाका पदाधिकारीहरु पुगेका थिए तर केसीको निधनको खबर पाएदेखि नै सक्रिय समन्वय गरिरहेको कस्केली समाजका अध्यक्ष नारायण थापालाई बानाको तर्फबाट भन्दै अध्यक्ष विजय श्रेष्ठले तीन सय डलर नगद रकम दिएका थिए ्र नेपालीहरुको छाता संगठन मानिएको बानाको तर्फबाट स्वर्गीय केसीको नाममा कति सहयोग संकलन भयो भन्ने बारेमा आफुहरुलाई कुनै जानकारी नदिएको भन्दै बानाका संस्थापक सदस्य समेत रहेका कस्केली समाजका अध्यक्ष थापाले भने,- “मैले अध्यक्षलाई सोध्दा खै पैसा नै उठेन भन्ने जवाफ पाएँ ।”
यसका साथै ग्रेटर वासिंगटन तमु समाजका अध्यक्ष कुलप्रसाद गुरुङको पहलमा गुरुङ समाजको तर्फबाट तीन सय चौवालिस, तनहुँ समाजको तर्फबाट दुई सय पचास र नेत्र केसी एवं साथीहरुको तर्फबाट चारसय, राना दाई (डिसी समूह) को तर्फबाट चारसय छपन्न, राजेन्द्र रेग्मी एवं साथीहरुको तर्फबाट तीन सय दश, गंगाधर तिमल्सिना एवं समूहको तर्फबाट तीन सय, न्यूयोर्कका श्री पराजुलीबाट दुई सय, स्थानीय व्यवसायी दुर्गा श्रेष्ठबाट एक सय, गेल्सा नामक संस्थाका तर्फबाट एच बी भण्डारीले एकसय र अर्का स्थानीय व्यवसायी काजीबाबु कार्कीले एक सय डलर आर्थिक सहयोग गरेको जानकारी कस्केली समाजले दिएको छ । यसैगरी बाल्टिमोर वासिंगटन विमानस्थलमा कार्यरत नेपालीहरुको तर्फबाट एकमुष्ठ छ सय सतसठी डलर संकलन भएको थियो ।

यसैगरी सहयोगदाताहरुमा विश्वराज बराल, बिपुल ताम्राकार, रसकमल सापकोटा, वासुदेव पराजुली, युवराज सिग्देल, उमेश देवकोटा, दिनेश गुरुङ, लक्ष्मीकुमार श्रेष्ठ, भरत बराल, नारायण थापा, सन्दिप कोइराला, सचेत तिमल्सिना, सुजु मल्ल, राजकुमार कार्की, होम बस्याल, पार्थ मोक्तान, सुनिता बर्मा, सागर मल्ल,खेम कार्की, अर्जुन काफ्ले, गंगा रेग्मी, दिनेश गुरुङ, भरत बराइली, हेमराज पहारी, निरन्जन मिश्र, भक्त ढकाल, प्रकाश गुरुङ, गोविन्द बस्नेत, देश खत्री, शेषकान्त पौडेल, जेदु पोखरेल, भीम राई, रोशन पोखरेल, सप्तबहादुर केसी, भानुभक्त सापकोटा, राम कार्की, दिपक नेपाली, डोल आले, शेरबहादुर थापा, हरि घिमिरे, सगुन प्रधान, सरोज गौचन, रामचन्द्र अधिकारी, विनय अधिकारी, नारायण रानाभाट र विकल पण्डितले सहयोग प्रदान गरेका थिए । समाजले विपतको यो घडीमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र