मुस्ताङको काटुर्न जुम्ला पुग्यो, किसान आक्रोशित, जुम्लाको स्याउ मुस्ताङको भन्दै पोखरामा बिक्रि

११ आश्विन २०६९, बिहीबार २१:०७ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, जोमसोम, मुस्ताङ, १२ असोज । सरकारले मुस्ताङका कृषकलाई स्याउ ढुवानी गर्नका लागि उपलब्ध गराएको काटुर्न जुम्ला पुगेको छ । जिल्ला कृषि विकास कार्यालय मुस्ताङले ७५ प्रतिशत अनुदानमा छपाएको कार्टुन ठेकेदारले जुम्ला पुराएपछि कृषकहरु आक्रोशित भएका छन् । कार्टुन जुम्ला पुगेपछि मुस्ताङका कृषकले कार्टुन नपाएको र मुस्ताङको स्वादीलो स्याउ लेखीएको कार्टुनमा जुम्लाका स्याउ बिक्री भइरहेको भेटिएपछि कृषक आक्रोशित भएका हुन् ।

स्यादमा एसियामै प्रख्यात मुस्ताङको स्याउको साख घटाउन नियतबस काटुर्न जुम्ला पु¥याइएको मार्फाका किसान एव पुर्व सांसद बिरेन्द्र ज्वारचनले बताउनुभयो । गुणस्तरीय स्याउ ढुवानीका लागि किसानलाई बितरण गर्न मुस्ताङका ५ सहकारीलाई अनुदानमा उपलब्ध गराएको काटुर्न जुम्ला पुगेको विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका निमित्त प्रमुख सुर्यबहादुर बोगटीले बताउनुभयो ।

पोखरामा छपाई गरेपछि सहकारीलाई जिम्मा लगाइएका कार्टुन सहकारीले ठेकेदारलाई दिएकाले अपचलन भएको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका प्राबिधिक भिम थकालीे बताउनुभयो । “१ हजार काटुर्न ठेकेदार मन्द्रुङ तामाङले त्यहा पु¥याएको जानकारी प्राप्त भएको छ, अन्य कति कार्टुन कसरी जुम्ला पुगे हामी खोजी गर्दछौ । एक सहकारीलेनै अनुदानमा दिएका कार्टुन ठेकेदारलाई बेचेको भेटीयो ।” प्राबिधिक थकालीले भन्नुभयो

मार्फाका कृषक धनबहादुर पन्नाचनले १०० वटा कार्टुनका लागि १० हजार रुपैया सहकारीलाई बुझाएपनि अहिलेसम्म कार्टुन नपाएको बताउनुभयो । उहाँले अरु धेरै कृषकहरुले पनि अनुदानको कार्टुन पैसा बुझाएर पनि प्राप्त नगरेको बताउनुभयो । कर्णालि अंचल कृषि बिकास आयोजना कार्यक्रम अन्र्तगत जिल्ला कृषि बिकास कार्यालय मुस्ताङले १६ हजार ५ सय कार्टुन र स्याउ आयात प्रतिस्थापन कार्यक्रम अन्र्तगत १ हजार ५ सय गरि १८ हजार कार्टुन छपाई गरि मुस्ताङका ५ सहकारीलाई कृषकसम्म पुराउन कार्टुन दिएको जनाएको छ ।

कार्यालयले मार्फा कृषि सहकारी सस्था मार्फालाई ४लाख १२ हजार १ सय १२ रुपैया अनुदान दिई ५५ सय काटुर्न उपलब्ध गराएको थियो । मुस्ताङ कृषि सहकारी सस्था जोमसोमलाई ३ लाख ४८ हजार ४ सय १० अनुदान दिई ३५ सय कार्टुन, समाजसेवा बचत तथा ऋण सहकारी सस्था स्याङलाई २ लाख ६० हजार ६अनुदान दिई २ हजार ५ सय कार्टुन, स्यामल बहुउद्देश्यीय सहकारी सस्थालाई ३ लाख ४८ हजार ४ सय ११ अनुदान दिई ४५ सय कार्टुन र ग्रिन ताङबे कृषि सहकारी सस्था लिमिटेड छुसाङलाई १ लाख ९६ हजार ३ सय ६ अनुदान दिई २ हजार कार्टुन ढुवानी समेत गरि ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको कृषि बिकास कार्यालय मुस्ताङले जनाएको छ ।

आफुले यस बर्ष बनेका १ हजार र गत बर्षका १५ सय गरि करिब २५ सय कार्टुन जुम्ला लगेको सुर्खेत पुगेका स्याउ ठेकेदार मन्द्रुङ तामाङले टेलीफोनमा बताउनुभयो । उहाले मुस्ताङ जादा म्याग्दीको भिरकाटेमा पहिरो गई समस्या आएकाले ग्रिन ताङबे कृषि सहकारीबाट लिएका २ हजार मध्ये १ हजार र गत बर्षका १५ सय कार्टुन आफुले जुम्ला लगेको बताउदै जुम्लाबाट ल्याएका सम्पुर्ण स्याउ पोखरा ल्याई बिक्रि गरेको र केही ल्याउन बाकि रहेको बताउनुभयो । ग्रिन ताङबे सहकारी सस्थाले छुसाङ एरियाका स्याउ लैजाने भएपछि कार्टुन तामाङलाई दिएको तर जुम्ला लैजानका लागी नदिए पनि कार्टुन त्यहा पु¥याएको जनाएको छ ।

भिरकाटे सम्म पु¥याएर फर्काई जुम्ला पु¥याउने ठेकेदारलाई कावाही गर्ने समेत सहकारीले जनाएको छ । आफु बाहेक पोखरामा स्याउको ब्यापार गर्नेहरुले समेत मुस्ताङको काटुर्न जुम्ला लगेको तामाङले बताउनुभयो । मुस्ताङका किसानलाई भनि दिएको अनुदानको काटुर्न जुम्लापुग्नु निन्दनीय कार्य भएको अन्य सहकारीले बताएका छन ।

किसानका लागि गुणस्तरीय स्याउ ठुवानी गर्न भनि बनाइएका कार्टुन किसानले नपाएको गुनासो त छदै छ मुस्ताङको स्याउ भनि बिक्रि गरिरएकाले मुस्ताङको स्याउको ख्याती बिग्रीएको छ । मुस्ताङको गुणस्तरीय स्याउ भनि नेपाल सरकारको लोगो समेत राखीएको यस्तो कार्यले मुस्ताङको स्याउको बेइजती भएको पुर्व सभाषद ज्वारचनको भनाई छ ।

यसरी सहकारी मार्फत नै अनुदानको काटुन अपचलन र स्याउको ख्याती बिगार्ने कार्य गरिएकाले आगामी दिनमा सेवा केन्द्र मार्फत सिधै किसानलाई ७५ प्रतिशत अनुदानमा स्याउको काटुर्न उपलब्ध गराउनु पर्ने किसानहरुको माग छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत