बन्दीगृहलाई विद्यालय बनाउन सुझाव

११ आश्विन २०६९, बिहीबार १६:४९ मा प्रकाशित

काठमाडौ, ११ असोज । महिला बालबालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेले बन्दी गृहलाई विद्यालयमा परिणत गर्नु पर्ने बताएका छन् ।
बन्दी सरोकार एवम सहयोग केन्द्र नेपाल नामक संस्थाको उद्घाटन गर्दै राजधानीमा मन्त्री न्यौपानेले ब्यक्ति र ब्यक्तित्वमा ज्ञानले सुधार आउने भएकोले कारागार भन्दा पनि विद्यालय खोल्न सके समाज अपराध रहित हुने विश्वास ब्यक्त गरे ।
थुनेर मानिसमा रुपान्तरण आउने सम्भावन कम भएकोले उसलाई अपराध कर्म बोध गराउन सके अपराध न्यूनीकरण हुने भन्दै आफू बन्दी जिवनको विपक्षमा रहेको बताए ।
उनले जेल जिवन विताएका ब्यक्तित्वहरुले अहिले मुलुकको शासन सत्ता सम्हालीरहेको र उच्च नेतृत्वमा रहे पनि उनीहरुले आफ्नो बसाई विर्सिदा कारागार नर्क बनेको भन्दै जेलमा शिक्षा, स्वास्थ्य लगायतका ब्यवस्था गरेर कारागारलाई नर्क भन्दा पनि ब्यक्तित्व विकासको मार्ग बनाउनु पर्ने धारणा राखे ।
सबैभन्दा बढी जेल जिवन विताउनुभएका मोहन चन्द्र अधिकारीले जेलले नेतृत्व जन्माए पनि जेलले पुनःजन्म पाउन नसकेको गुनासो गरे । उनले जेललाई नर्क भन्दा पनि शिक्षा, स्वास्थ्य सहित आधारभुत मानवअधिकारको प्रत्याभुत गरेर सुधार गृहको रुपमा बिकास गर्नु पर्ने बताए ।
संस्थाले कारागारमा शैक्षिक संस्था सुरु गर्ने, कारागारमा अस्पताल खोल्ने, कारागारमा रहेका बालबालिकाको स्याहारको उचित ब्यवस्था गर्ने, चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, कारागारभित्र आयआर्जन बढाउने कार्य गर्ने लगायतका उद्देश्य लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई