राजधानीमा बृहद राष्ट्रिय सांस्कृतिक महोत्सव हुने

११ आश्विन २०६९, बिहीबार १६:४४ मा प्रकाशित

काठमाडौ, ११ असोज । नेपाली सांस्कृतिक क्षेत्रको संरक्षण र सम्वद्र्धनको उद्देश्यले १३ गते शनिवार राजधानीमा मुलुकका चर्चित कालकार, गायकहरुको उपस्थितिमा बृहद राष्ट्रिय सांस्कृतिक महोत्वस आयोजना हुने भएको छ ।
शान्ति सन्देश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रायोजनमा राष्ट्रिय लोकसांस्कृतिक संघको आयोजनामा हुने महोत्वसवमा नेपालमा लोप हुन लागेका परम्परागत कला र सस्कृति देखि आधुनिक कला र संस्कृतिलाई प्रस्तुत गरिने विहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले जानकारी दिए ।
नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले शनिवार दिउसो ३ बजे राजधानीको राष्ट्रिय नाचघरमा उद्घाटन गर्ने महोत्वसवमा नेपाली सिनेमाका सुपरस्टार भुवन केसी, गायिका अन्जु पन्त, लोकदोहोरी गायक बद्री पंगेनी, नवराज घोरासैनी, राजकुमार कार्की, राधिका हमाल, मन्जु गौतम, समिता केसी हास्य कलाकारहरु सिताराम कट्टेल र कुन्जना घिमिरे सहित अन्य ख्यातीप्राप्त कलाकारहरुको सहभागिता रहने छ ।
संयोजक कार्कीले नेपाली कला र संस्कृतिको जर्गेना गर्दै नेपाली कलाकार र दर्शक विचको सुमधुर बनाउन काठमाडौबाट सुरु गरिएको यात्रालाई देशभरी पुर्याउने योजना रहेको सुनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी