बागमती प्रदेशमा मुख्यमन्त्री पाण्डेले लिए शपथ, को–को बने मन्त्री ?

११ कार्तिक २०७८, बिहीबार १६:४३ मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई एक समारोहबीच शपथ गराए। बुधबार पाण्डेले बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। अल्पमतमा परेपछि मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी थिइन्।

यस्तै, आज नै माओवादी केन्द्रबाट सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाल र नेपाली कांग्रेसबाट भौतिक पूर्वाधारमन्त्रीको रूपमा कृष्ण भँडेलले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार