लुम्बिनी अञ्चल अस्पतालमा एन्टी स्नेक भेनमको अभाव

११ आश्विन २०६९, बिहीबार १५:१८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ११ असोज । लुम्बिनी अञ्चल अस्पतालमा आजदेखि सर्पदंशका बिरामीहरु उपचार लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम सिरमको अभाव भएको छ । क्षेत्रीय मेडिकल स्टोर बुटवलमा स्थापना भएको एन्टी स्नेक भेनम सिरमको बफर स्टोकको कारण यस अगाडि मुलुकको अन्य भूभागमा यसको अभाव भए पनि यस क्षेत्रमा यसको अभाव भएको थिएन ।
पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर बुटवलले त्यहाँको बफर स्टोकमा पनि एन्टी स्नेक भेनमको अभाव भएको जानकारी दिएको र सो बफर स्टोकमा उक्त औषधि आपूर्ति गर्ने काठमाण्डौको स्वास्थ्य सेवा बिभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको स्टोरमा समेत त्यसको अभाव भएको लुम्बिनी अञ्चल अस्पताल बुटबलका मेडिकल रेकडर लक्ष्मीराज रेग्मी बताउंछन । औषधिको अभाबका कारण सर्पदंशका बिरामीहरुको अकालमा ज्यान जाने स्थिति देखिएको छ ।
२०५६ साउनदेखि सरकारले त्यो औषधि निशुल्क रुपमा सरकारी अस्पतालहरुमा आपूर्ति गरी जनताले निशुल्क सो को उपचार पाउन थाले पछि हाल बजारमा समेत त्यो औषधि उपलव्ध छैन । यस औषधीको मुल्य प्रति भाइल रु.१३००÷ पर्ने सो औषधि लुम्बिनी अञ्चल अस्पतालमा प्रति बिरामीलाई २८ भाइल सम्म आवश्यक पर्ने हुन्छ, जसले गर्दा प्रति बिरामी त्यसको लागि रु.३६,४०० खर्च हुने हुनाले सर्वसाधारणको पहुचभन्दा बाहिर गएको रेग्मीको भनाई छ ।
चैत्रको तेस्रो हप्ता सुरु हुने बिषालु सर्पदंशको बिरामीहरुको कार्तिकको अन्त्यमा सकिन्छ । २०६९ श्रावण १ गते देखि आश्विन ११ गते बिहान ८ बजेसम्म यस अस्पतालमा ५०६ जना सर्पदंशका बिरामी आएकामा ८२ जना बिशालुु सर्पदंशका थिए जससध्ये ४ जनाको उपचारको क्रममा मृत्यू भएको र .अन्यको उपचार पाश्चात पछि घर पठाईएको मेडिकल रेकडर अधिकृत रेग्मीले बताए । श्रावण, भाद्र र आश्विन माहिनाहरु सबै भन्दा बढी बिषालु सर्पदंशका बिरामी आउने महिनाको रुपमा मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक प्रमाणिकरण गरेकी छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले