सत्तारुढ दलको सम्पत्ति मोहका कारण मुलुक संकटमा फसेको पूर्वप्रधानमन्त्री थापाको दाबी

President of Rashtriya Janashakti Party Surya Bahadur Thapa (File Photo/Agencies)
६ चैत्र २०६८, सोमबार ११:५१ मा प्रकाशित

President of Rashtriya Janashakti Party Surya Bahadur Thapa (File Photo/Agencies)
President of Rashtriya Janashakti Party Surya Bahadur Thapa (File Photo/Agencies)

काठमाडौ, ६ चैत । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले राज्य व्यवस्था सञ्चालन गरिरहेका दलहरु स्वार्थ, शक्ति र सम्पत्तिमोहमा फसेका कारण मुलुक संकटमा परेको बताउनुभएको छ । आज बिहान कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले उनीहरु यी तीनवटै कुराबाट मुक्त हुन नसकिरहेकै कारण शान्ति र संविधान निर्माण कार्य धरापमा परेको बताउनुभयो । मुलुकको अहिलेको अवस्था र नेतृत्वकर्ताकाबीचमा उत्पन्न टकरावका कारण विष्फोटको स्थिती आउने उहाँको दाबी छ । अध्यक्ष थापाले शान्ति प्रक्रिया पुरा भइ जेठ १४ मा जनताले संविधान नपाएमा मुलुक अन्धकारमय हुने चेतावनी समेत दिनुभयो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले आत्मनिर्णय सहितको जातिय राज्यको अधिकार दिईएमा मुलुक विखण्डन हुने बताउनुभयो । एकीकृत नेकपा माओवादी नेतृत्वको सरकार हरेक किसिमले असफल भइसकेको दाबी गर्दै उहाँले राष्ट्रिय सहमति बनाएर मुलुकलाई निकास दिनका लागि प्रधानमन्त्रीले राजिनामा दिनु आवश्यक रहेको प्रष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले द्वन्द्वमा जाने अवस्था सिर्जना नगरि हरेक समस्याको समाधान वार्ताका माध्यमबाट गर्नुपर्ने बताउनुभयो । सुदूरपश्चिमको मौजुदा संरचनालाई कायमै राख्नुपर्ने धारणा राख्दै उहाँले जातियताका आधारमा राज्यको विभाजन गरिए मुलुकमा संकट निम्तिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे