छुरा प्रहार गरी प्रहरी जवानको हत्या

११ आश्विन २०६९, बिहीबार १४:२४ मा प्रकाशित

काठमाडौं, ११ असोज । ताप्लेजुङ सान्थ्राका श्यामबहादुर लिम्बूलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गरेको छ । एक प्रहरी जवानको हत्या गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको जिप्रका ताप्लेजुङले जनाएको छ। इलाका प्रहरी कार्यालय खाम्लुङ १ दोभानका प्रहरी जवान भूपाल आचार्यलाई गस्तीमा निस्केको बेला गत बुधबार राति लिम्बुले पछाडिबाट ढाडमा छुरा हानेको प्रहरीको भनाई छ । सो घटनापछि धनकुटा निवासी २८ वर्षीय प्रहरी जवान आचार्यको घटनास्थलमै मृत्यु भएको थियो।
सोही घटनामा अर्का प्रहरी २५ वर्षीय चन्द्र देवान राई घाइते भएको प्रहरीले जानकारी दिएको छ। दाहिने हातका नशा काटिएको उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

उदयपुर । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा

आजको प्रमुख समाचार