बेलायत जानुअघि प्रधानमन्त्री देउवाले गरे शपिङ

११ कार्तिक २०७८, बिहीबार १२:४५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा भाग लिन शुक्रबार बेलायत भ्रमणमा जाँदैछन् ।

त्यसअघि उनले बिहिबार किनमेल गरेका छन् । सुरक्षा स्रोतका अनुसार बिहिबार दिउँसो देउवा किनमेल गर्न राजधानीको कमलपोखरीस्थित सिटी सेन्टर पुगेका हुन् । केहि सुरक्षाकर्मीको साथमा उनी त्यहाँ पुगेका थिए । उनले त्यहाँ केहि सामानहरु किनेर बाहिरिएका छन् ।

बेलायत भ्रमणमा प्रधानमन्त्री देउवासँगै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव पनि सहभागी हुनेछन् । नोभेम्बर ४ को बिहान प्रधानमन्त्री देउवा काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी