‘खरिद गरेर भएपनि चैतभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप’

११ कार्तिक २०७८, बिहीबार १२:२७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना खोपको अभाव हुन नहुने बताए ।

खोप खरिद गरेर भएपनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ । सबैलाई निःशुल्क खोप लगाउने हो ।’

नेपालमा हालसम्म कूल जनसंख्याको ३४ प्रतिशतले मात्र पहिलो मात्रामा खोप लगाएका छन् भने दोस्रो मात्राको खोप २२ प्रतिशतले मात्रै लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी