महसुल नतिर्ने नेता, व्यापारीलगायत खानेपानीका १२५ धारा बन्द

११ आश्विन २०६९, बिहीबार १४:१२ मा प्रकाशित

रुपन्देही, ११ असोज । नेपाल खानेपानी संस्थान तौलिहवा शाखाले पानीको महशुल नवुझाएका ग्राहकहरुको धारामा पानी रोकेको छ । नियमित महशुल नवुझाएका तौलिहवा नगरपालिका क्षेत्रका एकसय २५ घरधुरीका ग्राहकको पानीको धारा वन्द गरिदिएको खानेपानी कार्यालयका प्रमुख अवधनारायण शाहले बताए ।
ती धाराहरुबाट पानीको १३ लाख वक्यौता असुली गर्न बांकी रहेको खानेपानी शाखाका महशुल प्रमुख प्रकाश खड्काले जानकारी दिए ।
महसुल नवुझाएको कपिलवस्तु नगरपालिकाको तीनवटा धारा, भगवानदास निमावि, पूर्व सभासद कमलेश शर्मा, तौलिहवा अस्पताल, व्यापारी, राजनैतिक दलका नेता तथा कार्यकर्ता लगायत १२५ जनाको नाममा रहेका धाराहरुमा पानी बन्द गरिदिएको छ ।
वार्षिक करिव १५ लाख पानीको महशुल असुली हुने तर कार्यालयको २० लाख खर्च हुने गरेको जानकारी दिदै लेखापाल नाथुप्रसाद गुप्ताले भने– हामी कर्मचारीहरुले समेत साउनदेखि तीन महिनाको तलव खान पाएका छैनौं । कार्यालयले नगरपालिकाका १० वटा वडाका ७२२ घरधुरी र कार्यालयहरुलाई मात्रै खानेपानी सेवा उपलव्ध गराएको छ । कार्यालयले नगरपालिका भित्रैका वडा नं. ११, १२, १३ र १४ मा पानीको सप्लाई गर्न सकेको छैन् । त्यसक्षेका नगरवासीले व्यक्तिगत धारा गाडेर चापाकलको गुणस्तरहिन प्रदुशीत पानी पिउन वाध्य छन् ।
ती वडाका गाउवस्तीहरुबाट धारापानीको माग पनि कम आएको बजारदेखि बाहिर टाढा रहेको वढी खर्च पर्ने पर्नेहुदा त्यसक्षेत्रहरुमा पानीको सेवा पुरयाउन नसकिएको कार्यालय प्रमुख शाहको कथन छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से