नेपाल फर्किए राजदूत खतिवडा

११ कार्तिक २०७८, बिहीबार १०:५९ मा प्रकाशित

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ पछि अक्टोबर २७ बुधबारका दिन कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको छ ।

उनलाई बिदाइ गर्न विमानस्थलमा राजदूतावासका उपनियोग प्रमुख कुमार राज खरेल, आर्थिक सल्लाहकार होम कान्त भण्डारी, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा ,सैनिक सहचारी भुवन पूर्ण सत्याललगायत दूतावासका कर्मचारी पुगेका थिए ।

पूर्व मन्त्री रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो । डा. खतिवडाले अमेरिका र यसका क्षेत्रहरू, र दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैर(आवासीय राजदूतको रुपमा काम गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी