बोक्सीको आरोपमा एकल महिलामाथि ज्यादति

११ आश्विन २०६९, बिहीबार १४:०४ मा प्रकाशित

काठमाडौ, ११ असोज । बोक्सीको आरोपमा महिलामाथि दुव्र्यवहार भएको घटना प्रकाशमा आएको छ । बारा जिल्लाको लिपनीमालमा एक विधुवा महिलामाथि स्थानीय गाउँलेले दुव्र्यवहार गर्नुका साथै कुटपिट गरेका हुन् ।
लिपनीमाल–१ निवासी ४८ वर्षीया विधुवा महिला रसुलबानो खातुनलाई स्थानीय व्यक्तिले बोक्सीको आरोपमा कुटपिट गरेको पीडितका आफन्तले जनाएका छन् । रसुलबानोलाई गाँउकै दोहाकीम मियाँ, अब्दूल गनी, मन्सुक हवारीलगायतको समूहले बुधबार राति घरमै पुगेर कुटपिट गरी घाइते बनाएको हुन् । उनीमाथि स्थानीय दोहाकिम मियाँकी १४ वर्षीया छोरी भूइली खातुनलाई बोक्सीको तन्त्रमन्त्र गरी बिरामी बनाएको आरोप लगाइएको छ ।
घटनाका बारेमा पीडितले राति नै ईलाका प्रहरी कार्यालय जितपुरमा जानकारी दिए पनि प्रहरी टोली दुई घण्टा ढिला पुगेको भन्दै पिडीत पक्षले गुनासो गरेको छ । प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो सामान्य सोधपुछ गरेर फिर्ता भएको पीडित महिला र आफन्तले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर