असान्जलाई सुपुर्दगी गर्न अमेरिकाले गर्‍यो बेलायतसँग अनुरोध

११ कार्तिक २०७८, बिहीबार ०९:५६ मा प्रकाशित

न्युयोर्क । अमेरिकी कानूनबिदले विकिलिक्सका संस्थापक जुलियान असान्जलाई सुपुर्दगी गर्न बेलायतको उच्च न्यायालसमक्ष अनुरोध गरेका छन् । अमेरिकाविरुद्ध गुप्तचर गरेको र अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा असान्जलाई सुपुर्दगी गर्न अमेरिकी वकिलहरुले माग गरेका हुन् ।

यसअघि लन्डनको एक अदालतले असान्जलाई अमेरिकालाई सुम्पिने हो भने त्यसले निकै खराब परिणाम निम्त्याउने चेतावनी दिएको थियो । असान्जको मानिस स्वास्थ्य जटिल बनेको बेलायतको भनाई छ ।५० वर्षीय असान्जालाई कैदमा नराखिने अमेरिकाले अदालतलाई बचन दिएको छ, तर अमेरिकी बचनप्रति बेलायत विश्वस्त हुन सकेको छैन् ।

अमेरिकी सरकारका वकिलहरुले असान्जलाई सुपुर्दगी नगर्ने फैसला उल्टाउन बेलायतको उच्च अदालतलाई अनुरोध गरेका छन् । असान्जले ‘क्लिनिकल र मनोवैज्ञानिक उपचार’ पाउने र स्वदेश फिर्तिका लागि सहज गरिदिनेसमेत वकिलहरुले बताएका छन् ।

तर, असान्जलाई अमेरिकाले जेलमा लैजाने र उनीबिरुद्ध मुद्दा चलाउन सक्ने उनका वकिलहरुले आशंका गरेका छन् । असान्जलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गर्न अस्ट्रेलियाले कुनै सुनिश्चितता नदेखाएको उनीहरुले बताएका छन् ।

असान्ज सन् २०१९ देखि लन्डनको एक कारागारमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयाेर्क।राइफल बाेकेर खिचेकाे तस्विर सामाजिक सञ्जालमा पाेस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् । विद्यालयमा भएकाे गाेलीकान्डपछि परिवारका सदस्यले

लस एञ्जलस । अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । प्राप्त समाचारमा सो

न्युयोर्क–अमेरिकामा सन् १९९६ मा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ । डोलको ९८ वर्षको उमेरमा सोमबार निधन भएको

आज ६ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा