स्वतन्त्र सरकार नै निकास : कमल थापा

११ आश्विन २०६९, बिहीबार ११:४७ मा प्रकाशित

चन्द्रकान्त खनाल, बुटवल, असोज ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाबाट संविधान जारी हुन नसकेकाले बर्तमान समस्याको निकास स्वतन्त्र सरकारले मात्रै दिने बताएका छन् । राप्रपा नेपालको भातृसंस्था राष्ट्रिय युवा मोर्चाको दोस्रो राष्ट्रिय भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन । एमाओबादी,काग्रेस,एमाले लगायतका दल सत्तालिप्सामा लागेको आरोप लगाउदै अध्यक्ष थापाले तटस्थ सरकारले मात्रै मुलुकलाई निकास दिने बताए । प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर अर्को दलको सरकार गठनको अर्थ नहुने उनको कथन छ । आफुहरु शुरुदेखि नै संबैधानिक राजतन्त्र,हिन्दु सनातम धर्मको पक्षमा रहेको भन्दै अवको चुनावले त्यसलाई स्थापित गर्ने उनको दावी छ । उनले पुर्व राजाको भ्रमणप्रति दलहरुले विरोध जनाएर गणतन्त्रकै खिल्ली उडाएको टिप्पणी गदै राजतन्त्रको अन्त्यसंगै देशमा एकताको सुत्र टुटेको दावी गरे उनले देशको चापी विदेशीको हातमा रहेको समेत बताए ।
नेता थापाले नेपालको प्राचिन धर्म,सस्कृति र सभ्यतामाथि परिवर्तनकारी भन्ने दलहरुले निर्मम प्रहार गरेको बताउंदै विदेशीको डलरमा जातिय संघियता ल्याउदा मुलुक विखण्डनतर्फ गएको उनको टिप्पणी छ । उनले संविधानसभा, माओबादी लडाकु र अन्य वाहनामा दलले राज्यको ढुकुटीमाथि ब्रहम्लुट मच्चाएको आरोप लगाए । कार्यक्रमा राष्ट्रिय युवामोर्चाका केन्द्रीय अध्यक्ष किशोर गुरुङ्ग, केन्द्रीय सदस्य प्रकाश चित्रकार, महामन्त्री चन्द्रबहादुर गरुङ्ग, कमला थापा, राजाराम बर्तोला, रुपसिंह थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न