भीमदत्त र दोधाराका तीन सय विपन्न बाढीपीडितलाई एनआरएनएले दियाे राहत

११ कार्तिक २०७८, बिहीबार ०७:५६ मा प्रकाशित

काठमाडौं।केही दिन अघि महाकाली नदिमा आएको बाढीले विस्तापित भएका भीमदत्त र दोधारा चाँँदनी नगरपालिकाका ३ सय विपन्न परिवारलाई गैरआवासीय नेपाली संघ(एनआरएनए) ले राहत सामग्री उपलब्ध गराएकाे छ ।

प्रत्येक घर परिवारका लागि ५० किलो चामल, ३ लिटर खाने तेल, ५ किलो दाल, ५ किलो आलु, ३ किलो नुन, ५ किलो प्याज, आधा किलो मसला र १ थान त्रिपाल उपलब्ध गराइएको हाे । पीडितका लागि २ थान म्याट, २ थान ब्लङकेट, १ थान बाल्टी २ थान जग, दैनिक प्रयोग हुने लत्ताकपडा, टि सर्ट ४ थान, टाउजर २ थान, विनसिटर २ थान र छाता १ थान पनि उपलब्ध गराएको संघले जानकारी दिएकाे छ ।

राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा पुगी अबलोकन र राहत कार्यमा सरिक भएका थिए । उनले जहिले पनि मातृभूमिमा आपत विपत परेको बेला विश्वभरिका गैरआवासीय नेपालीहरुले भौतिक तथा आर्थिक रुमा सहयोग गर्दै आएको बताए ।

राहत हस्तान्तरण कार्यक्रमका संयोजक तथा मध्यपूर्वक क्षेत्रका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), मानार्थ परिषदका सदस्य तथा राहत कार्यक्रमका उपसंयोजक धर्मराज गिरि, राष्ट्रिय समन्वय परिषद क्यानाडा प्रतिनिधि तुला भट्टचन, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासघं दक्षिण कोरियाका अध्यक्ष रन्जनराज कुँवर, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाबाट नवीनराज जोशी, स्वयंसेवक प्रदिप खनाल, सन्जु श्रेष्ठलगायतले राहत संकलनमा सक्रिय सहभागिता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर  त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै

रोल्पा । रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको सुविधाका लागि एकै पटक विभिन्न स्थानमा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले सबैको आत्मसम्मान हुने गरी निर्वाचनको वातावरण तयार गर्न आग्रह

म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ मुद्दा फर्स्योट गरेको छ । मालिकाको न्यायिक समितिमा जिल्लाको सबैभन्दा धेरै