२० महिनापछि ४८ कामदार कोरिया पठाइयो

१० कार्तिक २०७८, बुधबार १७:२८ मा प्रकाशित

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ ।

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा बुधबारदेखि कामदार पठाउन सुरु गरिएको हो । कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि कोरिया जान शुरु गर्ने भएको बैदेशिक रोजगार विभागले जनाएको छ ।

पहिलो चरणमा ४८ जना श्रमिकहरु बुधबार कोरिया पठाएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताए । उनले कोरियामा गएर काम गरी नेपाल आएका कामदारहरु पुनः कोरिया पठाउँन थालिएको बताए ।

पहिलो चरणमा ५० जना पठाउँनु पर्नेमा प्राधिक कमजोरिका कारण ४८ जना मात्रै पठाउन लागिएको उनले जानकारी दिए । महानिर्देशक काफ्लेले कोरियाबाट कमिटेड वर्कर १ सय १९ मध्य ४८ जनालाई पहिलो चरणमा पठाइएको बताए । उनले अन्य कामदारलाई पनि दुबै मुलुकबीच समन्वनय गर्दै अगाडी बढ्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी