सुजनी चौधरीलाई ‘हेफर नेपाल’को ७० हजारको सम्मान

११ आश्विन २०६९, बिहीबार ११:३० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ११ असोज । बिभिन्न संघर्षका साथ आफ्नो जीवनमा ठूलो परिवर्तन गर्न सफल रुपन्देहीकी एक महिलाईलाई स्वर्णिम प्रतिभा पुरस्कार स्वरुप रुपन्देहीको पर्रोहामा सम्मान गरिएको छ । यस क्षेत्रमा संचालन गरेको महिला सशक्तिकरण र आयआर्जन कार्यक्रम अन्तर्गत बिभिन्न तालिम र सिप प्राप्त गरि आफ्नो जिवनमा रुपान्तरण गर्न सफल महिला सुजनी चौधरीलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको हो ।
२०२३ सालमा रुपन्देहीको मोतीपुरमा जन्मेकी चौधरीले बिगतमा कहालीलाग्दो जिवनका उकाली ओराली हुँदै अथक संघर्ष गर्दै आफ्नो परिवारको आर्थिक उन्नति तथा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएकोमा सम्मान गरिएको हेफर ईन्टरनेशनल नेपालले जनाएको छ ।
हेफर ईन्टरनेशनल नेपालको संस्थाको प्रदान गरेको तालिम र न्यूनतम आर्थिक एवं भौतिक सहयोगबाट आफ्नो परिवारको आर्थिक उन्नति तथा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउन सफल पर्राेहा वार्ड नं. ५ उचडीहवा निवासी उचडीहवा स्वावलम्बन समुह र बोलवम सामुदायिक ग्रामिण स्वावलम्बन परियोजनाकी अध्यक्ष चौधरीलाई नगद ७० हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको हो ।
संस्थाको १५ औं वार्षिकोत्सवको अवसरमा रुपन्देहीको पर्राहा मुर्गियामा आयोजना गरिएको कार्यक्रममा रुपन्देहीका स्थानीय बिकास अधिकारी नारायण प्रसाद ज्ञवाली तथा संस्थाका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले सम्मान गर्नुभएको थियो ।
१३ बर्षको उमेरमा बिबाह भएकी सुजनी चौधरीले लगातार ६ वटी छोरी पाएको, त्यसै कारण परिवारबाट हेला भएको, आर्थिक स्थिती निकै कमजोर भएकोले कयौँ दिन भोकभोकै बसेको जस्ता कथा ब्यथा सुनाउँदा समारोहमा उपस्थित सबै स्तब्ध भएका थिए ।
दुई छोरी पाएपछि गरिबी र बिपन्न अवस्थाका कारण तिनाउ खोलामा बर्षौँ सम्म गिट्टी कुट्न बाध्य भएकी सुजनी चौधरीले अहिले बार्षीक १ लाख ५० हजार सम्म आम्दानी गर्ने गरेको र अघिल्ला २ छोरीले पढ्न नपाए पनि ४ छोरीलाई रामे्रा सँग पढाएको पाइएको छ ।
कष्टपुर्ण जिवनबाट मुक्ति पाउन पटक पटक आत्महत्या गर्ने सोँच बनाएकी उहाँले हेफर नेपालले प्रदान गरेको सिपमुलक तालिमका साथै बाख्रा र बंगुर उपहार कार्यक्रमबाट आफुले लाभ लिन सफल भएको बताउनु भएको छ ।
संस्थाले नेपालभर क्षेत्रगत हिसावले वार्षिक रुपमा उत्कृष्ट ४ जनालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत छुट्टाछुट्टै कार्यक्रममा प्यूठान भिंगृ १ की बालीका खड्का, शक्तिखोर ८ देविटार भरतपुरकी छमीकुमारी राना र खुदुनाबारी ४ झापाकी भागिरथा घिमिरेलाई पनि जनही ७० हजार नगद तथा प्रशंसापत्रले सम्मान गरिएको पनि हेफर नेपालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक