सुडानी प्रधानमन्त्री नजरबन्दमुक्त, सेनाको स्कर्टिङमा फर्किए घर

१० कार्तिक २०७८, बुधबार १५:३८ मा प्रकाशित

एजेन्सी । सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन् । प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै घरमा पु¥याइदिएको त्यहाँको सेनाले जनाएको छ ।

यसअघि सेना प्रमुख अब्देल फताह अल बुरहानले प्रधानमन्त्रीको आफ्नै सुरक्षाका लागि नजरबन्दमा राखिएको बताएका थिए ।

सैन्य कू गरेपछि मंगलबार आफ्नो पहिलो पत्रकार सम्मेलनमा अल बुरहानले देशलाई गृहयुद्धबाट जोगाउन सेनाले हातमा शक्ति लिएको बताएका थिए । उनले सेनाबिरुद्ध विष बमन गर्नै राजनीतिज्ञलाई पन्छाउनुको विकल्प सेनासँग नभएको बताएका थिए ।

सेनाको कूपछि राजधानी खार्तुमलगायत देशका प्रमुख सहरहरुमा प्रदर्शन भइरहेका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लिमा । पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा

अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण

चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको

क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य